Home > Articles posted by NewsDesk (Page 191)
FEATURE
on १८ भाद्र २०७६, बुधबार १०:४०
494 views 0 secs

काठमाडौंको कपनका साथी साथीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार राति कपनको आदर्शनगर चोकमा एक होटलमा बसेर खाजा खाँदै गर्दा भनाभन हुँदा भएको झडपमा खोटाङका संजय राईको मृत्यु भएको बौद्धका डीएसपी नरेन्द्र चन्दले नेपाललाई जानकारी दिए। ‘साथीहरु बसेर खाँदै गर्दा सामान्य विवाद भएपछि हात हालाहाल हुँदा एक जनाको मृत्यु भएको छ,’ डीएसपी चन्दले […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार ०९:५५
806 views 0 secs

सिंगापुरमा उपचाररत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष वामदेव गौतम आज सिंगापुर जाने भएका छन् । मंगलवार जाने कार्यक्रम रद्द गरेर बसेका गौतम प्रधामन्त्रीकै इच्छा अनुसार आज अपराह्न त्यसतर्फ जान लागेका हुन् । यसअघि गौतम र महासचिव विष्णु पौडेल सँगै जाने कार्यक्रम थियो । गौतमले अन्तिममा आएर भीडभाड गर्न किन जाने […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार ०९:४१
551 views 0 secs

मुलुककै सबैभन्दा बढी अपराध हुने जिल्लाको अग्रपंक्तिमा काठमाडौं देखिएको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले गरेको अध्ययनले राजधानीमा सबैभन्दा बढी अपराध हुने गरेको देखाएको हो । विभागका एक अधिकृतका अनुसार आर्थिक वर्ष ०७५/७६ मा गरिएको वार्षिक अध्ययनमा काठमाडौंमा सबैभन्दा बढी ८ हजार ५ सय ५९ मुद्दा दर्ता भएका छन् । राजधानीपछि पूर्वी नेपालको […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार ०९:१८
554 views 0 secs

मेलम्ची खानेपानी आयोजना पीडित सङ्घर्ष समितिले मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेका छन् । स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँ कम्पनी सिनो हाइड्रोलाई काम गर्न नदिने भन्दै मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका हुन् । समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार ०८:५१
552 views 0 secs

रुपन्देहीमा डेंगी रोगका बिरामी बढ्दै गएका छन्। जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा अहिलेसम्म ४२ जनामा डेंगीको संक्रमण देखिएको छ। ५ वर्षका बालबालिकादेखि ७५ वर्षका बृद्धबृद्धासम्ममा डेंगीको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। जोगिन पानी जम्ने ठाउँ पुर्ने, दिउँसो र रातिमा सुत्दा झुलको प्रयोग गर्ने, सचेतना फैलाउने, घरको झ्यालढोकामा जाली लगाउने र रोगको लक्षण देखिने वित्तिकै […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार ०८:३०
587 views 0 secs

आज देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्यांगसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । कतैकतै भारी वर्षासमेत हुने अनुमान छ । मनसुनी रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास रहेको तथा बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकसित न्युन चापीय प्रणालीका कारण देशभर मेघ गर्जनसहित हल्कादेखि […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार ०८:१२
645 views 0 secs

बैतडी जिल्लास्थित नेपाल–भारत सीमानाका महाकाली भन्सार कार्यालय झुलाघाटबाट गत आर्थिक वर्षमा रु ५५ करोडको सामग्री आयात भएको भए पनि निर्यात भने शून्य रहेको छ। भन्सार कार्यालयबाट भारततर्फ केही पनि निकासी नभएको महाकाली भन्सार कार्यालयले जनाएको छ। उत्पादनको कमी हुनु, व्यावसायिक उत्पादन नहुनु र मोटरेबल पुल नभएका कारणले निर्यात हुन नसकेको महाकाली भन्सार कार्यालयका प्रमुख रामराजप्रसाद […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार ०७:५१
675 views 0 secs

खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन्। खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ आज बिहानसँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार ०७:३१
692 views 0 secs

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने वेष्ट इण्डिज प्रस्थान गरेका छन् । वेष्ट इण्डिजमा आयोजना हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न सन्दीपले मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक संजाल ट्वीटरबाट आफु वेष्ट इण्डिज प्रस्थान गरेको जानकारी गराएका छन् । सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म संचालन हुनेछ । सन्दीपले […]

FEATURE
on १८ भाद्र २०७६, बुधबार ०७:१४
894 views 0 secs

वीरगञ्ज प्रहरीले गोली हानेर एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ इनर्वा स्थायी ठेगाना बताउने २६ वर्षीय सन्तोष दास छन् । उनको साथबाट एक थान पेस्तोल र १७ राउन्ड गोलीसमेत बरामद भएको डीएसपी गौतम थापाले जानकारी दिए । गएराति वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा नियमित चेकिङ गर्ने क्रममा प्रहरीलाई नै पेस्तोल देखाउँदै […]