Home > Articles posted by NewsDesk (Page 19)
FEATURE
on ३ पुष २०७८, शनिबार ०७:२२
351 views 13 secs

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ। चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। मेहनतले सम्मानित स्थान समेत […]

FEATURE
on २ पुष २०७८, शुक्रबार २०:३६
303 views 0 secs

रुपन्देहीको भैरहवामा एक वडा सचिव सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोम्मद सिद्दीकीलाई पक्राउ गरेको हो । शुक्रबार दिउँसो सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार घुस लिँदै गर्दा उनलाई कार्यालयबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका अनुसार […]

FEATURE
on २ पुष २०७८, शुक्रबार १८:२६
313 views 0 secs

सिरहामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । टिपरले माेटरसाइकललाई ठक्कर दिँदा सप्तरीको बलान विहुल गाउँपालिका वडा २ दिघियाका मोतीलाल यादव, भतिजा ३० वर्षीय रामकुमार र आठ वर्षीय नाती अभिषेकको ज्यान गएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. तपन दाहालले जानकारी दिनुभयो । प्रदेश २–०१–००२ प २६८२ […]

FEATURE
on २ पुष २०७८, शुक्रबार १८:०५
478 views 0 secs

सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने यातायात व्यवस्था कार्यालय, लुम्बिनीमा व्यापक अनियमितता हुने गरेको पाइएको छ ।सिधै मोलमोलाइ गरेर लाइसेन्स वितरण गर्ने गरेको पाइएको हो । कार्यालय प्रमुखसहित कार्यालयकै जिम्मेवार अधिकारीहरूको मिलेमतोमा १ लाख ५० हजारसम्ममा लाइसेन्स बिक्री हुने गरेको आरोपसहितका उजुरी परेका छन् ।हेभी सवारीको लाइसेन्सका लागि उक्त परिमाणमा रकम लिएको आरोप छ […]

FEATURE
on २ पुष २०७८, शुक्रबार १०:५३
388 views 0 secs

काठमाडौँ — भारतमा बिहीबारसम्म ७८ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ । राजधानी नयाँदिल्ली, महाराष्ट्र, गुजरात, केरला, चण्डीगढ, राजस्थान, आन्ध्रप्रदेश, कर्नाटक, पश्चिम बंगाल, तेलंगानामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएको हो । भारतमा ‘ट्राभल हिस्ट्री’ नभएकामा समेत ओमिक्रोन देखिएकाले नेपालमा पनि यसको जोखिम बढ्दै गएको सरकारी अधिकारीहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपाल पनि संक्रमण विस्तारको […]

FEATURE
on २ पुष २०७८, शुक्रबार १०:१०
286 views 0 secs

नेपाल भारत सीमा हुँदै नक्कली नोट बोकेर नेपाल प्रवेश गरेका दुई भारतीयलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । हजार र पाँच सय दरका नेपाली नक्कली नोटसहित उनीहरु पक्राउ परेका हुन् । सीमावर्ती प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहटको परोहा नगरपालीका ८ स्थित नरकटियामा जाँच गर्ने क्रममा नक्कली नेपाली नोटसहित बिहारस्थित घोडासहन ग्राम […]

FEATURE
on २ पुष २०७८, शुक्रबार ०९:५४
403 views 0 secs

सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि पाँचौँ चरणको खेल सुरु हुँदैछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लब दिउँसो १ बजे खेल्दैछन् । सातदोबाटो ४ खेलमा ७ अङ्क जोडेर लिगको पाँचौँ स्थानमा छ । आर्मी चार खेलमा ८ अङ्क […]

FEATURE
on २ पुष २०७८, शुक्रबार ०९:४०
360 views 0 secs

काठमाण्डौको कीर्तिपुर नगरपालिकामा अहिलेसम्म ८ जनाले मात्रै शैक्षिक ऋण लिएका छन् । प्रतिवर्ष २० जनालाई शैक्षिक ऋण उपलब्ध गराउने पालिकाको लक्ष्य भए पनि ८ जनाले मात्रै ऋण लिएका हुन् । पालिकाभित्रका १० वडामा प्रतिवडा दुई जनाका दरले जम्मा २० जनालाई ऋण उपलब्ध गराउने नगरपालिकाको शिक्षा शाखा अधिकृत गोविन्दप्रसाद निरौलाले बताउनुभयो । उहाँका अनुसार हरेक वर्ष […]

FEATURE
on २ पुष २०७८, शुक्रबार ०९:२६
351 views 0 secs

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भुटान खेल्दैछन् । नेपाल र भुटानबीचको खेल बेलुका पौने ७ बजे बङ्गलादेशको ढाकामा रहेको सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुनेछ । फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपाललाई भुटानसँगको खेल्न जित्नैपर्ने दबाब छ । नेपालले पहिलो खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलङ्कालाई ६–० […]

FEATURE
on २ पुष २०७८, शुक्रबार ०८:५१
330 views 4 secs

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहेको छ। शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा […]