242 views 0 secs 0 comments

सिरहामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु…

In समाज
२ पुष २०७८, शुक्रबार १८:२६

सिरहामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
टिपरले माेटरसाइकललाई ठक्कर दिँदा सप्तरीको बलान विहुल गाउँपालिका वडा २ दिघियाका मोतीलाल यादव, भतिजा ३० वर्षीय रामकुमार र आठ वर्षीय नाती अभिषेकको ज्यान गएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डीएसपी) डा. तपन दाहालले जानकारी दिनुभयो ।
प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स १ क २६१ नम्बरको टिपरले लहान नगरपालिका ३ मा पर्ने लहान ठाडी सडक खण्डमा ठक्कर दिएकाे हाे ।