231 views 0 secs 0 comments

रौतहटमा नक्कली नोटसहित दुई भारतीय पक्राउ …

In समाज
२ पुष २०७८, शुक्रबार १०:१०

नेपाल भारत सीमा हुँदै नक्कली नोट बोकेर नेपाल प्रवेश गरेका दुई भारतीयलाई रौतहट प्रहरीले पक्राउ गरेको छ । हजार र पाँच सय दरका नेपाली नक्कली नोटसहित उनीहरु पक्राउ परेका हुन् ।
सीमावर्ती प्रहरी चौकी मोतीपुर नरकटियाबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहटको परोहा नगरपालीका ८ स्थित नरकटियामा जाँच गर्ने क्रममा नक्कली नेपाली नोटसहित बिहारस्थित घोडासहन ग्राम श्रीपुर पंचायत कबैयाका विकाश जयसवाल र अजय प्रसादलाई पक्राउ गरेको जिल्ला प्रहरीका डिएसपिले बताए । डिएसपी मल्लका अनुसार उनीहरुको साथबाट १ हजारको दरको ६९ थान र ५ सय दरको १ थान गरी जम्मा ६९ हजार ५ सय नक्कली नोट फेला परेको हो । दुवैलाई बुधबार साँझ पक्राउ गरे पनि प्रहरीले बिहीबारमात्रै सार्वजनिक गरेको हो ।