Home > Articles posted by NewsDesk (Page 186)
FEATURE
on २१ भाद्र २०७६, शनिबार १७:००
847 views 0 secs

महोत्तरीको बर्दिवासमा रहेको नेपाली सेनाको गण नजिकै एक महिलाको शव फेला परेको छ । महोत्तरीको बर्दिवास नगरपालिका –८ बिजयबस्ती टोलमा रहेको नेपाली सेनाको मध्यपूर्वी पृतनाको कालीसिद्धि गण परिसर नजिकै बिहान साढे ७ बजेतिर अन्दाजी ३० वर्षीया अपरिचित महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महिलाको शरीरमा चोटपटक देखिएकाले उनको हत्या भएको […]

FEATURE
on २१ भाद्र २०७६, शनिबार १६:५२
589 views 0 secs

भिमफेदी गाउँपालिका–६ बाट सुन जस्तो देखिने पहेंलो धातु अन्दाजी २८ दशमलब ४० ग्राम सहित ललितपुर गोदावरी नगरपालिका–१२ बस्ने ४८ वर्षीय राधेश्याम कार्कीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.१२ च ३२७७ नम्बरको कार जाँच गर्ने क्रममा कारचालक कार्कीलाई उक्त परिमाणको धातु सहित फेला पारी […]

FEATURE
on २१ भाद्र २०७६, शनिबार १६:४०
1246 views 0 secs

नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको नेपाल टेलिकम आज बन्द हुन सक्ने बताइएको छ । टेलिकमको फोरजी–एलटिई सेवा अपग्रेड गर्ने भएको हुँदा यस्तो समस्या आउँन सक्ने बताइएको छ । आज राति ११ः३० बजेदेखि अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोवाइल सेवा प्रयोगमा कठीनाइ आउनसक्ने जानकारी दिइएको हो । मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच […]

FEATURE
on २१ भाद्र २०७६, शनिबार १४:४३
510 views 0 secs

मनसुनी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी न्यूनचापीय रेखा औसत स्थान आसपासमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् मञ्जु बासीले बताए। उक्त न्यूनचापीय रेखा तलतिर सर्ने क्रम जारी रहेकाले अबका केही दिन मनसुन सक्रिय […]

FEATURE
on २१ भाद्र २०७६, शनिबार १२:१७
464 views 0 secs

सुर्खेतमा भएको गौहत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीले गौहत्याको घटनामा संलग्न रहेको भन्दै प्रहरी निरीक्षक सहित दुईजनालाई पक्राउ गरेको हो । बाँके प्रहरीको सहयोगमा उनीहरुलाई नेपालगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार नेपालगञ्ज नगर प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूर्य बोगटी र चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की […]

FEATURE
on २१ भाद्र २०७६, शनिबार १२:०४
704 views 0 secs

काठमाडौं उपत्यकाभित्र डेङ्गु रोगको प्रकोप बढ्न थालेपछि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सो रोगको सेवा शुक्रबार शुरुआत गरेको छ । डेङ्गु रोग परीक्षण गर्ने कीट अस्पतालले आफै खरीद गरी अस्पतालमा आउने बिरामीलाई सो सेवा दिन थालेको अस्पतालका निर्देशक प्रा डा केदार सेञ्जुरीले जानकारी दिए। डेङ्गु परीक्षण एकमात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग […]

FEATURE
on २१ भाद्र २०७६, शनिबार ११:३४
671 views 2 secs

वीरगञ्जमा स्कुले छात्रामाथि एसिड प्रहार भएको छ । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज-१३ श्रीपुर निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा उनीमाथि एसिड प्रहार गरेका थिए । गल्लीमा रहेको एउटा सैलुनमा बसेका […]

FEATURE
on २१ भाद्र २०७६, शनिबार ११:२३
507 views 0 secs

पहाडबाट तराई र दुर्गमबाट सुगमतिर हुने बसाइँसराइले पुराना गाउँबस्ती निर्जन बन्दै गएका छन् । दूरदराजका गाउँठाउँमा भौतिक विकास र अवसरको सम्भावना कम हुँदा मानिहरु आफ्नो पुर्ख्यौली थातथलो त्यागेर धमाधम सुगमतिर बसाइँ सरिरहेका छन् । मुलुकले अपनाएको संघीय शासन प्रणालीले यस्तो बसाइँसराइ रोक्ने कुनै छेकछन्द देखाएको छैन । बसाइँसराइले खास गरेर पहाडी कन्दराका गाउँघरलाई मानवविहीन बनाउँदै […]

FEATURE
on २० भाद्र २०७६, शुक्रबार १८:३६
440 views 0 secs

मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास अवस्थित रहेकाले मनसुन सक्रिय भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको उडिशा र पश्चिम बङ्गाल आसपासमा न्यून चापीय रेखा बनेकाले नेपालमा मनसुनी गतिविधि सक्रिय भएको बताइएको छ। मनसुनकै समय भएकाले वर्षा निरन्तर नभई केही समय घाम लाग्ने केही समय आंशिकदेखि सामान्य बदली भई […]

FEATURE
on २० भाद्र २०७६, शुक्रबार १८:२६
559 views 0 secs

विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा शुक्रबार बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको छ । लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हो । ग्यास सिलिण्डर विस्फोटबाट च्याङ्बा तामाङ र दमाइ तामाङको घर जलेर […]