Home > Articles posted by NewsDesk (Page 184)
FEATURE
on २३ भाद्र २०७६, सोमबार १२:४०
456 views 0 secs

सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा सोमबार एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा यादवलाई सर्पले डसेको हो ।मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव रहेकी छिन् । उनको उपचारका लागि हस्पिटल लैजाने क्रममा मृत्यु भएको हो ।

FEATURE
on २३ भाद्र २०७६, सोमबार १२:०२
466 views 0 secs

डेंगुको संक्रमणबाट अहिलेसम्म ४ जनाको मृत्यु भएको सरकारले जनाएको छ । देशभर डेंगुको प्रकोप फैलिएको समाचार आइरहेका बेला सरकारले भने डेंगुकै कारण मृत्यु भएको आधिकारिक संख्या चार मात्र रहेको बताएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट प्राप्त आधिकारिक जानकारी अनुसार चार जनाको निधन भएको बताए । यद्यपि, […]

FEATURE
on २२ भाद्र २०७६, आईतवार १७:५०
528 views 0 secs

भरतपुर महानगरपालिका वडा नः ५ कैलाशनगरबाट दुई दिन अघि हराएकी बालिका मृत अवस्थामा फेला परेकी छिन् । घर नजिकै रहेको नहरमा शनिबार विहान ६ बषर्ीया बालिका स्मृति कार्की मृत अवस्थामा भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ । दुई दिन नहर बन्द गरेर बालिकाको खोजी गरिएको थियो । बालिकालाई नहरमा भेटिएलगत्तै भरतपुर अस्पताल लगिएको थियो । […]

FEATURE
on २२ भाद्र २०७६, आईतवार १७:३७
712 views 1 sec

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट प्रहरीले लागूऔषध र धारिलो हतियारसहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सिरानचोक २ घर भइ भक्तपुर बालकोट बस्ने २१ वर्षीय सुरज थापा र भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २० वर्षीय कविराम पसखल रहेका छन् । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले लोकन्थलीमा चेकजाँच गर्ने […]

FEATURE
on २२ भाद्र २०७६, आईतवार १५:१९
609 views 0 secs

ट्र्याक्टरको ठक्करबाट दाङमा एक किशोरको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा ट्र्याक्टरले ठक्कर दिँदा १४ वर्षीय अनील विकको मृत्यु भएको हो । शनिबार बेलुका घरको आँगनमा बसिरहेका अनीललाई रा १ त २६३१ नंको ट्र्याक्टर अनियन्त्रित भई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी […]

FEATURE
on २२ भाद्र २०७६, आईतवार १५:१२
563 views 0 secs

प्रहरीले लुटपाटमा संलग्नको आशंकमा शनिबार बालाजु माछापोखरीबाट पक्राउ गरेका ८ जनामा विप्लव समूहका कार्यकर्ता पनि रहेका छन् । शनिबार हतियारसहित पक्राउ पर्नेमा विप्लवका कार्यकर्ता रसुवाका योर्साङ घले पनि रहेका महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । त्यस्तै पक्राउ पर्नेमा नेपाली सेनाका भगौडा कुशल अधिकारी पनि रहेका छन् । हाल हाइ रेष्टुरेन्ट एन्ड डान्सबारका सञ्चालक […]

FEATURE
on २२ भाद्र २०७६, आईतवार ११:५४
644 views 0 secs

अछामको चौरपाटी गाउँपालिका–५ लुंग्रामा भीरबाट लडेर एक जना बालिका गम्भीर घाइते भएकी छन् । स्थानीय झंकर भुलकी १० वर्षीया छोरी एलिना भुल गाउँ नजिकैको वनमा बाख्रा चराउन गएको अवस्थामा भीरबाट खसेर घाइते भएको उनका आफन्तले बताएका छन् । भीरबाट करीब ५० मिटर तल खसेकी एलिनाको बेहोस् अवस्थामा बयालपाटा अस्पतालमा उपचारको लागि लगिएकोमा त्यहाँ उपचार हुन […]

FEATURE
on २२ भाद्र २०७६, आईतवार ११:४९
1186 views 0 secs

अछाममा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको मङ्गलसैन नगरपालिका–७ जना लिबण्डालीको भैसले नजिक पुछेडी खोलामा रहेको तालमा डुबेर दुई बालकको ज्यान गएको हो । अछाम प्रहरीका अनुसार ज्यान जानेमा ११ वर्र्षीय ललित वादी र १२ वर्षीय युकेश दमाइ रहेका छन् । शनिबारको दिन गाउँकै पाँच÷छ जना केटाकेटी टोली बिहान बाख्रा चराउन गोठालो […]

FEATURE
on २२ भाद्र २०७६, आईतवार ११:४१
584 views 0 secs

महोत्तरीको बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ। हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आफु चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको हो। बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश वादी आपसमै कुटपिट मच्चाउँदा घाइते भएपछि छोराहरु लिएर अस्पताल आउँदै गरेकी ५० […]

FEATURE
on २२ भाद्र २०७६, आईतवार ११:२८
799 views 0 secs

महोत्तरीको बर्दिवासमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परी अन्य ४ जना घाईते भएका छन्। बिरामी लिएर जनकपुरतर्फ जाँदै गरेको बा २१ च ४४४१ नम्बरको एम्बुलेन्स बर्दिवास ३ मा दुर्घटना हुँदा अन्दाजी ५० वर्षीया तारा बादीको ज्यान गएको प्रहरीले जनाएको छ। एम्बुलेन्स दुर्घटनामा परी चालक चित्रबहादुर बुढाथोकी र […]