निरन्तरको वर्षापछि आएको पहिरोका कारणले गदा स्याङ्जामा दुई घर भत्किएका छन । पहिरोले फेदीखोला गाउँपालिका ४ का जैसीडाँडा निवासी गोपाल दमाई र श्याम दमाईको घर गोठ भत्किएको र गोठमा रहेको एउटा भैसी मरेको छ। पहिरो प्रभावित परिवारलाई गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले त्रिपाललगायतका केही राहत सामग्री बाडिएको जनाइएको छ ।
अविरल वर्षाका कारण आज बिहान पहिरो गई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको छ । बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो । बालकको बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला पहिरो खसेर पसल पुरिएको […]
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको हाताभित्र रहेको अक्सिजन प्लान्टमा विस्फोट भएको छ । उक्त विस्फोटनमा परी दुई प्राविधिक घाइते भएका छन् । प्लान्ट मर्मत गरिरहेको अवस्थामा विस्फोटन भएको अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले जानकारी दिए । घाइतेको नाम अस्पतालले सार्वजनिक गरेको छैन । हाल दुवै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
मेरापिक क्षेत्रमा लेक लागेर आज एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३३ वर्षीय गोविन्द लखमान रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिएका छन् । लेक लागेर बिरामी भई अलपत्र परेका सात विदेशी तथा एक नेपालीको उद्धार गरिएको छ । उनीहरुलाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँ पठाइएको हो । केही दिनयता लगातार […]
कर्तव्य ज्यान मुद्दामा फरार चितवन राप्ति नगरपालिका-७ बस्ने नुवाकोट ककनी गाउँपालिका-५ घर भएका ५८ वर्षीय भरत सुनारलाई घटना गराएको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न रही फरार रहेका सुनारको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरीले उनलाई चितवन राप्ती नगरपालिका-७ भवानी बजारबाट मंगलबार पक्राउ गरेको हो। २०५९ पुस २१ गते नुवाकोट […]
चितवनमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख ६६४७ नंको बसले आज बिहान ५ः४० बजे भरतपुर महानगरपालिका–२९ जुगेडीबजार नजिक पछाडिबाट ठक्कर दिँदा सोही बसमा सवार १२ यात्रु घाइते भएका हुन् ।
कपिलवस्तुमा एक महिलाको रहस्यमय रुपमा ज्यान गएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्वर ६ मौवा बेरिहवाकी २५ बर्षीया शिला नाउले आफैले शरीरमा मट्टितेल छर्केर आत्महत्या गरेको परिवारले बताए पनि माइतीजनले त्यो कुरा स्वीकार गरेका छैनन् । यस्तै प्रहरी प्रबक्ता डिएसपी सुनिल मल्लले उनका श्रीमान जगदिश नाउ र श्रीमति शिलाबीच राम्रो सम्वन्ध नभएको पाईएको बताए […]
भारत उत्तर प्रदेशको हरदोई जिल्लामा २२ वर्षीय एक दलित युवकलाई जिउँदै जलाइएको छ। कथित माथिल्लो जातकी युवतीसँग प्रेम सम्बन्धमा रहेका ती युवकलाई बाँधेर जिउँदै जलाइएर हत्या गरिएको हो। भारतीय सञ्चार माध्यमकाअनुसार मोनु नाम गरेका ती युवकलाई छिमेकमै काका काकीसँग बस्ने गुप्ता थरकी २१ वर्षीया युवतीसँग प्रेम सम्बन्धमा थिए। लखनउको एक अस्पतालमा उपचाररत आमाको लागि पैसा […]
अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ भने ग्रामीण भेगमा यातयात आवतजावतमा समस्या भएको छ। बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या भएको हो। यसैबीच वर्षाकै कारण जिल्लाको आमचोक गाउँपालिका–४ मा एउटा घर भत्किएको छ। स्थानीय तिलकबहादुर कार्कीको दुईतले घर भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घर भत्किँदा मानवीय क्षति नभए पनि […]
अविरल वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिकाको ५४ किलो र भुम्लु गाउँपालिकाको दोलालघाट बजार आसपासमा पहिराले यातायात ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोका अनुसार भुम्लु गाउँपालिका–१० दोलालघाट बजार नजिकै गएराति पहिराका कारण सडक भत्किएपछि यातायात बन्द भएको हो। “त्यो लगायतका अरु ठाउँ–ठाउँमा पहिराका कारण सडक भत्किएको र भासिएको छ”, […]