चिनियाँ राष्ट्रपति सी जिनपिङ दशैं लगतै नेपाल भ्रमणमा आउने पक्का भएको छ । उनी भारत हुँदै नेपाल आउने छन् र बेइजिङ फर्कनेछन् । सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् । सम्भवत यो सम्मेलन तमिलनाडूमा हुनेछ । गत वर्ष मोदी चीन गएका थिए । मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी नेपाल आउने पक्का भएको […]
यू–१८ साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ । हलचोकस्थित एपीएफको खेल मैदानमा आज हुने खेलमा जित हात पार्दै नेपाल सेमिफाइनलमा पुग्न चाहन्छ । खेल दिउँसो तीन बजे सुरु हुनेछ । भुटानमाथि जित हात पारे नेपाल सेमिफाइनलमा पुग्नेछ । भुटानमाथि नेपालले बराबरी खेले पनि सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।
पाल्पाको रैनादेवी छहरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका ८ सत्यवतीका ५० वर्षीय झैबहादुर रेश्मी रहेका छन्। शनिबार पाल्पाको सत्यवतीबाट केलाटारतर्फ जाँदै गरेको ग २ च २७१७ नम्बरको पिकअप जीप गाउँपालिकाको वडा नं ६ अरखोरमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका रेश्मीको उपचारका लागि अस्पताल लैजाँदै […]
वर्षा रोकिएपछि गएको सुक्खा पहिरोले पोल ढालेपछि खोटाङ र ओखलढुङ्गामा विद्युत् अवरुद्ध भएको छ । कालोपत्रको काम भइरहेको दिक्तेल–गाईघाट सडक खण्डको सानो भँडारेमा शुक्रबार बिहान गएको पहिराले सात वटा पोल ढालेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको हो । दिक्तेल–गाईघाट ३३ केभी प्रसारण लाइनको विद्युत् पोलमा पहिराले क्षति गर्दा शुक्रबार बिहान ७ बजेदेखि दुवै जिल्लामा विद्युत् […]
संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । संविधानका केही धारा–उपधारा संशोधनको माग गर्दै संविधान […]
औषधि अभाव भएको तीन हप्तापछि जाजरकोटमा औषधि पुगेको छ । औषधि अभाव हुँदा उपचारमा परेको समस्यका बारेमा पटकपटक राससबाट समाचार प्रकाशित भएपछि प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह र कृष्ण शाह आज गाडीमा औषधि लिएर जिल्ला अस्पताल पुग्नुभएको हो । दैनिक ठूलो सङ्ख्यामा उपचारका लागि बिरामी भए पनि औषधि नपाउँदा रित्तो हात फर्कने गरेको गुनासो बढेपछि आज […]
युवतीलाई यौन दुव्र्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ । भारतीय जनता पार्टीका नेता स्वामी चिनमायानन्दलाई उत्तर प्रदेशकी एक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको हो । ‘चिनमायानन्दलाई उनकै घरबाट पक्राउ गरिएको छ, उनको स्वास्थ्य अवस्था गम्भीर छ,’ चिनमायानन्दका वकिल पूजा सिंहले भनिन् । ‘उहाँलाई अहिले चिकित्सकको […]
नवलपरासीको रामग्राम नगरपालिका ३ घोडपालीका रवीन्द्र पाण्डेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपरासीले नेपाली सेनाका हुद्धालाई पक्राउ गरेको छ । पाण्डेको हत्या अभियोगमा उनकी श्रीमती सरस्वती पोखरेल पाण्डेसहित नेपाली सेनाको कालीध्वज गण परासीमा कार्यरत बम बहादुर घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । प्रहरीले सरस्वतीलाई तीन दिनअघि नै पक्राउ गरे पनि […]
हजपुरमा धम्क्याएर चन्दा उठाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सहजपुरले चुरे गाउँपालिका ५ खानीडाँडाका ४१ वर्षीय जयबहादुर धामी लाई पक्राउ गरेको जानकारी दिएको छ । वन डिभिजन कार्यालय सहजपुरका कर्मचारीलाई कार्यालयमै गएर डर धम्की देखाई चन्दा मागिरहेको अवस्थामा धामीलाई पक्राउ गरिएको हो ।
नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा न्यून चापीय प्रणाली विकसित भएकाले अझै वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति […]