Home > Articles posted by NewsDesk (Page 17)
FEATURE
on ५ पुष २०७८, सोमबार १३:०३
261 views 0 secs

आज सुनको भाउ ताेलामा दुई सय रुपैयाँले बढेको छ । आज तोलामा सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

FEATURE
on ५ पुष २०७८, सोमबार १२:५०
302 views 2 secs

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको छ । आइतबारको भन्दा ०.६ डिग्री सेल्सियसले तापक्रममा सुधार आएको हो । आइतबार काठमाडौँको न्यूनतम तापक्रम ३ र अधिकतम तापक्रम १७.४ डिग्री सेल्सियस मापन भएको थियो । ‘अधिकतम तापक्रम दिउँसो मात्र थाहा हुन्छ । तर आज न्यूनतम तापक्रममा हल्का सुधार आएको छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् […]

FEATURE
on ५ पुष २०७८, सोमबार १२:०२
226 views 0 secs

रौतहट फतुवा विजयपुर ११ हिमालिबासमा टिपरको ठक्करबाट एकजना माओवादी नेताको मृत्यु भएको छ। फतुवा विजयपुर ११ हिमालिबासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक माओवादी नेता खेदु चौधरीको मृत्यु भएको हो । आइतबार राति साढे ८ बजे बा ३०प ८११५ नम्बरको मोटरसाइकललाई तीव्र गतिमा रहेको गुगल निर्माण सेवाको ना ८ ख ४२०२ नम्बरको टिपरले ठक्कर दिएको थियो। चौधरीको […]

FEATURE
on ५ पुष २०७८, सोमबार ११:५२
223 views 0 secs

लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा एक छात्रको आज विहान मृत्यु भएको छ । मृत्युहुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक […]

FEATURE
on ५ पुष २०७८, सोमबार ११:२३
260 views 2 secs

खानेपानीको समस्या भएको बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान भइसकेका छन् । अहिले अर्को समस्या ग्रस्त क्षेत्र आलबारी, बाँसकोट, लाम्पाटा, पाखावारी लगायतका क्षेत्रमा खानेपानीको धारा निर्माण भएर पानी पु-याएको छ । अव्यवस्थित […]

FEATURE
on ५ पुष २०७८, सोमबार ०९:४४
258 views 0 secs

केही दिनयता तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरो लाग्न थालेको छ । बिहान बाक्लो हुस्सु लागे पनि दिउँसो पछि घाम लाग्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । बाक्लो हुस्सु, कुहिरोका कारण तराईको जनजीवनमा असर पर्न थालेको छ । चिसोले बिहान बेलुका घर बाहिरको काम गर्न नै कठिन हुने गरेको छ । यस्तै, अहिले काठमाण्डौ […]

FEATURE
on ५ पुष २०७८, सोमबार ०७:५१
256 views 0 secs

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई ४–० गोल अन्तरले हराएको छ । गएराति भएको खेलमा शीर्ष स्थानको सिटीले न्युक्यासललाई ४–० गोल अन्तरले पराजित गरेको हो । सिटीका लागि खेल सुरु भएको पाँच मिनेटमै रुबेन डियासले गोल गर्दै अग्रता दिलाए । यस्तै, खेलको २७औँ मिनेटमा जोआ कान्सेलोले गोल गरे भने ६३ औँ मिनेटमा रियाद […]

FEATURE
on ५ पुष २०७८, सोमबार ०७:१८
302 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज मान प्रतिष्ठामा वृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ कामको थालनी होला । शेयर बजारले पनि साथ दिनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ […]

FEATURE
on ४ पुष २०७८, आईतवार ०९:१२
300 views 0 secs

१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दैछन् । खेल बङ्गलादेशको ढाकामा दिउँसो पौने तीन बजे सुरु हुनेछ । नेपालको ३ खेलमा ७ अङ्क छ । समान अङ्क भए पनि गोलअन्तरका आधारमा बङ्गलादेश पछाडि छ । भारतको तीन खेलमा ६ अङ्क छ । आज बराबरी खेले मात्र पनि नेपाल फाइनलमा पुग्नेछ । […]

FEATURE
on ४ पुष २०७८, आईतवार ०८:२९
300 views 0 secs

आज मंसिर शीर्ष शुक्ल पूर्णिमा । किराँत समुदायले उधौली पर्व पनि मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमिस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा रहेको छ । प्रकृतिको पूजा गर्ने र प्रकृतिलाई भगवानका रुपमा मान्ने किराँत समुदायले खेतीपातीमा केही गल्ती भएको […]