उपल्लो मुस्ताङको लोमान्थाङ भ्रमणमा रहेका एक फ्रान्सेली पर्यटकको मृत्यु भएको छ। लोमान्थाङ गाउँपालिका वडा नमबर ५, तिरी खेजु डाँडाको अवलोकनको क्रममा बिरामी परेका १४ एएल ७४५९० नम्बरको राहदानी बाहक ४५ वर्षीय फ्रान्सेली नागरिक जेन मार्क ब्रान्चार्डको मुस्ताङको जोमजोम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।उच्च हिमाली भागमा लेक लागेर उनी बिरामी भएको र सोही कारणले उनको […]
झापा मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ४० वर्षीय कृष्णबहादुर सार्कीलाई खोलाले बगाउँदा बेपत्ता भएका छन् । बुधबार १२ बजे हडिया खोलामा नुहाउने क्रममा सार्कीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीयवासीबाट सार्कीलाई खोलाले बगाएर बेपत्ता बनाएको जानकारी पाउनसाथ प्रहरीचौकी चारआलीबाट गएको टोली र स्थानीयवासीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले […]
सिंगापुरको अदालतले यौन दुव्र्यवहारको आरोपमा एक नेपाली भिक्षुलाई ५ महिनाको जेल सजाय सुनाएको छ । ४२ वर्षका दावा तामाङले सिंगापुरको गेल्याङमा एक सडक ब्यापारी महिलालाई गत असारमा यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । दावा ताइवानमा ध्यान गर्न जाने उद्देश्यले ट्राभल भिसामा असार २१ गते सिंगापुर पुगेका थिए । तर त्यसको ५ दिनपछि उनीमाथि महिलालाई […]
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भारतीय सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लाई नेपालीकरण गर्ने यातायात व्यवस्था कार्यालय जगाती भक्तपुरका दुई शाखा अधिकृतसहित चार जनाविरूद्ध मुद्दा दायर गरेको छ। शाखा अधिकृतद्वय अनोजकुमार घिमिरे, कोमलराज निरौला, नायब सुब्बा हेमकुमार बस्नेत र निवेदक सुन्दर अधिकारीविरूद्ध बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। अधिकारीले नक्कली भारतीय […]
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१२ भोटेबहालमा आज बिहान बा ५ ख ७३११ नम्बरको यात्रुबाहक बसको ठक्करबाट पर्सा घर भई काठमाडौँ भोटेबहाल बस्दै आएका ४० वर्षीय भीम लामाको मृत्यु भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा गम्भीर लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न […]
“म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ। मलाइ जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ।” प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भने, “सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ।” प्रधानमन्त्री ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासङ्घको […]
टर्कीको अडाना प्रान्तको अंकारामा सडक किनारामा थापिएको बम बुधबार विस्फोट हुँदा पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रहरी बोकेको एउटा बस बम आक्रमणमा परेको हो । प्रान्तका गभर्नर महमुत डेमिर्टासले अडानमा भएको विस्फोटका बारेमा छानबिन शुरु भइसकेको जानकारी दिनुभयो । उहाँले घाइते भएकाहरुमा एक जना प्रहरी अधिकृत रहेको जानकारी दिँदै अरु घाइतेहरु सामान्य […]
महाकाली नगरपालिका–७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासु पार्वती जोशी र ३० वर्षीय जेठाजु श्यामराज जोशीले घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालत दार्चुलाले जनही तीन महिना कैदको फैसला सुनाएको छ । न्यायाधीश गिरीराज गौतमको इजलासले आरोपितत्रयलाई दोषी ठहर गर्दै तीन÷तीन महीना कैद र जनही रु २० हजार […]
मासु नपकाइदिएको भन्दै रक्सीले मातिएका उनले अन्धाधुन्ध कैँची प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । हत्यापछि अहिले कृष्ण जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् । दिपायल सिलगढी नगरपालिका वडा नं ३ बस्ने कृष्ण नेपालीले गत असार २ गते आफ्नी श्रीमतीको हत्या गरेपछि अहिले छोराछोरी बिचल्लीमा परेका छन् । कृष्णका छोराछोरीको गत असारदेखि पढाइ पनि अलपत्र […]
कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकास्थित एक उद्योगमा आगलागी भएको छ । मंगलबार मध्यरात विद्युत सर्ट भएर नेपाल फेब्रिक इष्ड्रष्टिजमा आगलागी भएको हो । आगलागीबाट ४ करोडको क्षति भएको उद्योग सञ्चालकले जनाएका छन् । उद्योगमा आगलागी भएपछि वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकल बोलाइएको थियो । यद्यपि आगो नियन्त्रणमा लिन नसक्दा उद्योगमा ठूलो क्षति भएको बताइएको छ […]