586 views 0 secs 0 comments

मुस्ताङको लोमान्थाङ भ्रमणमा रहेका एक फ्रान्सेली पर्यटकको मृत्यु…

In समाज
८ आश्विन २०७६, बुधबार १७:२४

उपल्लो मुस्ताङको लोमान्थाङ भ्रमणमा रहेका एक फ्रान्सेली पर्यटकको मृत्यु भएको छ।
लोमान्थाङ गाउँपालिका वडा नमबर ५, तिरी खेजु डाँडाको अवलोकनको क्रममा बिरामी परेका १४ एएल ७४५९० नम्बरको राहदानी बाहक ४५ वर्षीय फ्रान्सेली नागरिक जेन मार्क ब्रान्चार्डको मुस्ताङको जोमजोम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।उच्च हिमाली भागमा लेक लागेर उनी बिरामी भएको र सोही कारणले उनको मृत्यु भएको प्रहरीको भनाई छ। उनी हिमालयन एक्स्प्लोर टेक्समार्फत लोमान्थाङ पुगेका थिए।