बैतडीमा आज बिहान बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको महाकाली यातायातको ना ४ ख ४०१९ नं बस बैतडीको पाटन–मेलौली सडकखण्डको पाटन ६ लोर्खामा आज बिहान ३ बजे दुर्घटनामा परेको हो । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका ३३ वर्षीया […]
फेसबुकमा कुनै फोटो वा भिडियो पोस्ट गरेपछि हामीलाई त्यसमा आउने लाइकको आसा हुने गर्छ । सुरुदेखि नै लाइक बटन फेसबुकको पहिचानगत विशेषता रहँदै आएको थियो । अब आएर फेसबुकले यो फिचरलाई बन्द गर्न लागेको छ । यो परिवर्तनपछि तपाईका साथीले तपाईको पोस्टमा आएका लाइक अथवा लब रियाक्सनको संख्या देख्न सक्दैनन् । तर प्रयोगकर्ता स्वमयले भने […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो सङ्घर्षबाट प्राप्त भएको संविधान र सङ्घीयताको भावना र मर्मविपरित कुनै काम नहुने बताएका छन्। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतमा नागरिकलाई घर आँगनमा सेवा दिन खोज्दा कतिपय नजिकैको कार्यालयहरु टाढा पुगेको भन्दै त्यसलाई व्यवस्थापन गरिने बताए। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष दाहालले आम नागरिकको चाहनाअनुसार सबै चिजको व्यवस्थापन […]
आज पनि देशभर सामान्य बदली र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शनिबार दिउँसो देशका पूर्वदेखि पश्चिमसम्मकै केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ । यसैगरी मध्य तथा पूर्वका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि मौसमविले औंल्याएका छन् । जल तथा मौसम विज्ञान विज्ञानको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार […]
कृषि विकास बैंकको सिस्टम ह्याक गरी ५ करोड बराबर रकम चोरिएको घटनामा थप ३ जना पक्राउ परेका छन् । पर्वतका २६ वर्षीय गणेश बस्याल, मालती देवी न्यौपाने र कञ्चनपुरका यज्ञराज भट्टलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । भट्टको खातमा ४५ लाख र मालतीको खातामा २४ लाख रकम भेटिएपछि उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको अपराध […]
मोरङको लेटाङ नगरपालिका-२ हाटखोलाका ७५ वर्षीय खड्गकुमार मगरको स्थानीय नक्सल खोलाले बगाएर मृत्यु भएको छ। शुक्रबार बिहान ७ बजे दिसा बस्न खोलामा गएका मगरलाई खोलाले बगाएको हो। मृत अवस्थामा फेला परेको भनी स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली घटनास्थल गएको थियो।
उदयपुरको कटारी नगरपालिका–९ लिम्पाटरामा अरिंगालको टोकाइबाट एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा लिम्पाटारका ३२ वर्षीय दलबहादुर परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार घर नजिक रहेको चिलाउनेको रूखमा रहेको अरिंगालको गोलोमा आगो लगाउने क्रममा अरिंगालले टोकेर घाइते भएका परियारलाई उपचारको लागि कटारी अस्पताल ल्याउने क्रममा मृत्यु […]
नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुनको मुल्यमा आज २०० रुपैयाँले कमी आएको छ । हिजो छापावाल सुन तोलामा १ हजार रुपैयाँ घटेको थियो भने शुक्रबार २०० रुपैयाँले घटेर ७० हजार ८०० रुपैयाँमा किनबेच भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । तेजाबी सुन ७० हजार ५०० रुपैयाँमा किनबेच […]
काठमाडौं-बैंकिङ कसुर मुद्दाका संलग्न रहेका एक कन्सल्टेन्सीका कर्मचारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) पक्राउ गरेको छ । एक ठाउँको जग्गाको कागजात बनाइ अर्को ठाउँको जग्गा राखेर बैंक अफ काठमाडौँबाट ऋण लिने क्रममा झुटा विवरणअनुसार जग्गाको मूल्याङ्कनमा गर्ने एभरेष्ट इञ्जियीनरिङ कन्सल्टेन्सी विराटनगरका कर्मचारी भेषराज खत्रीलाई पक्राउ गरिएको हो । फरार रहेका उनलाई पक्राउ गरी आज ललितपुर […]
धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ । लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई बिहीबार साँझ पसलमै आक्रमण भएको थियो । पसलमा कपडा हेरी रहेका बखत धरान–९ गौतमपथ बस्ने २५ वर्षीय […]