सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । कात्तिक १९ खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेशनलपार्क होटलमा मङ्गलबार बिहान ६ः४५ मा उहाँ मृत अवस्थामा भेटिएको हो।
रौतहटको एक प्रहरी चौकीमा बम विस्फोट भएको छ । जिल्लाको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ। मठिया चौकी नेपाल–भारत सीमा क्षेत्र नजीक पर्दछ। घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । सेन्ट्री पोस्टमा बसेका यादव घाइते भएका थिए। विस्फोटमा संलग्न रहेका भारत बिहारको ढाका भन्ने […]
प्रहरीले अवैध दुई किलो चाँदीसहित एक जना भुटानी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर जि १२८९३२ वाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जे छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरको उडानमार्फत भुटानतर्फ जान लागेका बेला उनलाई मंगलबार विमानस्थल प्रहरीले पक्राउ गरेको हो । ब्यागेज चेकिङ एक्सरेमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको […]
मंगलबार कोरियन वनको भाउ केही घटेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ बढेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३७ पैसा रहेको थियो । यस्तै साउदी […]
नेपाल सरकारले पनि भारतीय यस रवैयाको खुलेरै आलोचना गरेको छ । नेपाल भारतको प्रतिवाद गर्ने तयारीमा रहेको छ । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालको भूभाग आफ्नो नक्सामा पारेको विषयमा कुराकानी गर्न भारतसँग पुराना नक्सा र तथ्यांकहरु संकलन गरिरहेको बताउनु भएको छ । आज बिहान भएको नेकपा सचिवालय बैठकमा यसबारे जानकारी गराउँदै प्रधानमन्त्री […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनसक्छ । पारिवार सङ्ग रमाइलो भेटघाट र यात्रा हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । राजनैतिक कार्यमा […]
नक्कली भ्याट बिल प्रयोग गरी १ करोड १५ लाख भन्दा बढी कर छली गर्ने वीरगञ्जका एक जना व्यापारीलाई जेल चलान गरिएको छ । आन्तरिक राजश्व कार्यालय पर्सा, वीरगञ्जले जानकी ट्रेडर्सका प्रोप्राईटर दिपेन्द्र पासवानलाई जेल चलान गरेको हो । ट्रेडर्स मार्फत उनले वीरगञ्जको माईस्थानमा ग्याँस सिलिण्डरको पाटपूर्जा सम्बन्धी कारोबार गर्दै आएका थिए । नक्कली भ्याट बिल […]
कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नम्बरको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ । केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्किङ गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिए । दैलेखका धनराज शाहीको नाममा रहेको सो बस […]
लागुऔषध नियन्त्रण ब्युरोले दुई किलो २३७ ग्राम कोकिनसहित एक जना ब्राजिलियन नागरिकलाई पक्राउ गरेको छ। कतार एयरवेजको जहाजबाट काठमाडौं उत्रेका ५८ वर्षीय सर्जिओ ट्रुजलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ। प्रहरीका अनुसार उनी ब्राजिलको सापउलोबाट दोहा हुँदै नेपाल आएको प्रारम्भिक रुपमा बुझिएको छ। एफवाई ७५९३७ नम्बरको राहदानीबाहक ट्रुजमाथि ब्युरोले अनुसन्धान […]
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा छुट्टाछुट्टै दुई घटनामा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकै दिन दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार जलेश्वरमा ट्र्याक्टर र टिपरले ठक्कर दिँदा एकैदिन आइतबार बिहान एक बालक र बेलुका एक वृद्ध गरी दुई जनाको मृत्यु भएको हो । उनका अनुसार जलेश्वर […]