Home > Articles posted by NewsDesk (Page 141)
FEATURE
on २८ कार्तिक २०७६, बिहीबार १५:५२
568 views 0 secs

इमर्जिङ टिम्स एसिया कपमा नेेपाल भारतसँग ७ विकेटले पराजित भएको छ । ढाकामा नेपालले दिएको १९४ रनको लक्ष्य भारतले ४२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १९३ रन बनायो । नेपालका लागि शर्राफले सवार्धिक ५६ रनको पारी खेले । नेपालको सुरुवात भने खराब […]

FEATURE
on २८ कार्तिक २०७६, बिहीबार १५:१८
718 views 0 secs

भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । यात्रुबाहक बस र टेम्पो एकआपसमा ठोक्किँदा भएको सो दुर्घटनामा परी अरु बाह्र घाइते भएका छन् । राजस्थान राज्य अन्तर्गत पर्ने खातुश्याम्जी भन्ने ठाउँमा दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् । “घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ,” स्थानीय प्रहरी प्रमुख […]

FEATURE
on २८ कार्तिक २०७६, बिहीबार १४:१८
561 views 0 secs

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् । घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ वर्षीय रमेश पुन पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले निस्कोट र रुमको […]

FEATURE
on २८ कार्तिक २०७६, बिहीबार १३:५३
716 views 0 secs

कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ। अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको हो। महानगरीय वृत्त कीर्तिपुरका अनुसार उक्त शवको नाम, ठेगाना केही प्राप्त हुन सकेको छैन। उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

FEATURE
on २८ कार्तिक २०७६, बिहीबार १२:४५
557 views 0 secs

अमेरिकी डलरको मूल्य एक रुपैयाँले बढेको छ । बुधबार एक डलर बराबर १ सय १४ रुपैयाँ ६४ पैसामा कारोबार भएकोमा बिहीबार १ सय १५ रुपैयाँ ६५ पैसा पुगेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ […]

FEATURE
on २८ कार्तिक २०७६, बिहीबार १०:४१
661 views 0 secs

इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन्। उनीहरुलाई राप्ती नगरपालिका–६ हर्दीबाट आज बिहान २ बजे पक्राउ गरिएको हो। बा८५प ८०८४ नंको मोटरसाइकलमा आएका उनीहरु शङ्कास्पदरूपमा हिँडिरहेको […]

FEATURE
on २७ कार्तिक २०७६, बुधबार १४:३१
770 views 0 secs

उदयपुरमा सिकारीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको ज्यान गएको छ । कटारी नगरपालिका–११, गोठडाँडाका शंकर राउतको गएराति बन्दुकको छर्राले लागेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय, कटारीका प्रमुख डीएसपी प्रेमसागर केसीले सिकारीले चलाएकाे भरुवा बन्दुकको छर्राले लागेर राउतको ज्यान गएको जानकारी दिए ।

FEATURE
on २७ कार्तिक २०७६, बुधबार १३:५८
1844 views 0 secs

पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–४, सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो । निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा २ क २९२० नंम्बरको टिपर सडकबाट करिब १०० मिटर तल झरेर दुर्घटना […]

FEATURE
on २७ कार्तिक २०७६, बुधबार १३:१०
566 views 0 secs

माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ । घर जाने क्रममा ती छात्रालाई जबर्जस्ती करणी […]

FEATURE
on २७ कार्तिक २०७६, बुधबार ११:०९
538 views 0 secs

नेपाल प्रहरीले नागार्जुनबाट रु तीन लाख ६० हजार नगदसहित १० जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका–३ इचङ्गुनारायणमा कौडा खेलिरहेको अवस्थामा मङ्गलबार राति उनीहरुलाई पक्राउ गरेको हो। वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले ठूलो रकम हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।