मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । महत्त्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ । अधिक सौन्दर्यतामा धन खर्च हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी खालको समय छ । धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा […]
दोरम्बा गाउँपालिका-२ दोरम्बा ढाक्रेबासमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । दोरम्बा गाउँपालिका-२ दहपातालमा आफन्तकोमा छेवर खाएर फर्किएका यात्रीहरु लिएर दोलखाको सैलुङ गाउँपालिका-८ भैसे जाँदै गरेको बा १३ च ७०९५ नं को गाडी दुर्घटनमा परेको हो । दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका-८ की १० वषिर्या सुवानी श्रेष्ठ र […]
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै मङ्सिर ६ गते साँझ ५ बजेदेखि मङ्सिर ९ गते […]
यात्रुसहितको बस दुर्घटनामा परेको छ । दाङको तुल्सीपुरबाट नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक बस सोमबार बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । दाङको तुल्सीपुरबाट नेपालगञ्ज जाँदै गरेको ना५ख ६४४९ नंको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले […]
नेपाल राष्ट्र बैंकले सोमबार (मंसिर २) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२७ रुपैयाँ २७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७९ […]
वरिष्ठ पत्रकार, साहित्यकार एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायण शर्मालाई पत्नी शोक परेको छ । शर्माकी पत्नी रोहिणीदेवी शर्माको ८५ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो । शर्माको पारिवारिक सदस्यले घोराही उपमहानगरपालिका-१७ स्थित निवासमा रोहिणीको निधन भएको जनाएका छन् । दिवंगत रोहिणीको आजै दिउँसो १२ बजे घोराहीको शंखेपिपल घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मनमा दुविधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्नेछ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) स्वादिष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । […]
पर्सामा एक जना बाख्रापालक किसानको गोठमा आगलागी हुँदा १५ लाख मुल्य बराबरको क्षति भएको छ । पटेर्वासुगौली गाँउपालिका-१ रामभवरे बस्ने ईदु मियाँ धुनियाको बाख्रा पाल्ने गोठमा आइतबार बिहान साढे १ बजे आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ भने गोठमा रहेका ५४ वटा बोका, बाख्रा, पाठा र पाठी जलेर मरेका छन् । आगलागीबाट उन्नत […]
काठमाडौंको बसन्तपुरमा एक जना मजदुरको गएराति हत्या भएको छ । काठमाडौं-१९, दमाई टोल बस्ने ४५ वर्षका अरुण चित्रकारको छुरा प्रहार गरी हत्या भएको हो । महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले हत्यामा संलग्न भएको अभियोगमा चित्रकारका साथी काठमाडौं-१२, ह्युमत टोल बस्ने ४६ वर्षका मनिषकुमार खड्गीलाई नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका […]
विद्युत चोरी नियन्त्रण टोलीले बाराबाट विद्युत चोरीमा संलग्न ३७ जनालाई पक्राउ गरेको छ । विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका कर्मचारी र प्रहरीको संयुक्त गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महागढीमाई नगरपालिकाको पत्रहटी, रौवाही, तेलकुँवा, इनर्वा, बरियारपुर, कञ्चनपुर लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । भविष्यमा बिद्युत चोरी नगर्ने, मिटर […]