नेपाल प्रहरीले धनुषाको विभिन्न स्थानबाट चोरिएका ६ मोटरसाइकलसहित त्यसमा संलग्नको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीको विशेष टोलीले चाेरिएका ज.५ प. ७१६३, ज.६ प. ५४६०, बा. ४७ प. ९९४३, ज. ९ प. ९०८, ज. ६प. ९७७५ र ज.७ प. ९८८१ नम्बरको मोटरसाइकल बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । त्यस्तै, चोरीमा […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) राजनैतिक कार्यमा बाधा आउनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । मुद्दा मामिला […]
वीरगञ्जबाट प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवापुरको हेटौंडा उपमहानगरपालिका-११ बस्ने ३१ वर्षीय सोमनाथ फुईया, लमजुङका २४ वर्षीय गणेश भण्डारी र सोही ठाउँ बस्ने सुरज गुरुङ रहेका छन् । उनीहरुको साथबाट प्रहरीले लागूऔषध डाइजेल्याप १२ एम्पुल, नुर्फिन १२ एम्पुल र फेनारगन १२ एम्पुल बरामद गरेको छ ।
आफ्नै भाइलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा मैवाखोला गाउँपालिका-१ पठ्याङ्ग्रे बस्ने ३६ वर्षीय कालु थेबेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका कालु थेबेले घरायसी बिबादमा आफ्नै भाइ २७ वर्षीय सन्तोष थेबेलाई छुरा प्रहार गर्दा घाइते भएका हुन् । उनलाई ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले पक्राउ गरेको […]
पश्चिम नवलपरासीको सुनवलमा साढे दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्र्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् । गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेको […]
भारतको आसामस्थित एक काेठीबाट सातजना नेपाली महिलाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुमा चार जना बालिकासमेत छन् । मानव बेचबिखनविरुद्ध कार्यरत संस्था शक्ति समूहको समन्वयमा त्यहाँको प्रहरीले लेन १४ को नामबाट चर्चित सिल्चारको एक कुख्यात बेश्यालयबाट उनीहरुको उद्धार गरेको हो । सिल्चारको सो काेठीमा नेपाली युवती र किशोरीहरुलाई जबरजस्ती यौन धन्दामा लगाइएको सूचना पुष्टि भएपछि […]
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा घरभित्र हत्या गरिएको अवस्थामा भेटिएका श्रेष्ठ दम्पतीका हत्यारा पत्ता लागेका छैनन् । गत कात्तिक १८ गते राति सो ठाउँका श्रेष्ठ दम्पतीको लुटेरा समूहले हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको थियो । सो घटनाका बारेमा अनुसन्धान भइरहेको भए पनि अझै पत्ता नलागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो । […]
हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत बाँकेले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । उनका अनुसार शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई भने रु एक लाख ५० हजार […]
बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन् । साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन् । पक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु […]
भारत प्रशासित काश्मिरकाे उत्तरी सियाचिन ग्लेशियर (हिमनदी) मा सोमबार भएको हिमस्खलनमा चार जवान र दुई सर्वसाधारणको मृत्यु भएको छ । सर्वसाधारण भारी बोक्ने काम गर्थे । भारतीय सेनाका अनुसार सियाचिन ग्लेशियरको उत्तरी क्षेत्रमा १९ हजार फुटको उचाइमा आठजना गस्ती दलमा समावेश थिए । उक्त हिमस्खलन सोमबार दिउँसो करिब तीन बजे भएको हो । सेनाले आफ्नो […]