Home > Articles posted by NewsDesk (Page 130)
FEATURE
on १३ मंसिर २०७६, शुक्रबार १३:०९
511 views 0 secs

सुर्खेतबाट दैलेख आउँदै गरेको भे१ज १०२९ नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ घोडाबासमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार कार्य जारी रहेको र उद्दार भइसकेकालाई उपचारको लागि स्थानीय अस्पतालमा पठाइएको छ । 

FEATURE
on १३ मंसिर २०७६, शुक्रबार १२:५४
516 views 0 secs

हुम्लामा बिहीबार साँझदेखि हिमपात शुरु भएको छ । हिमपातसँगै चिसो बढेको छ । जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो । चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन् । हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुशी भएका छन् । सिमकोटमा […]

FEATURE
on १३ मंसिर २०७६, शुक्रबार ११:४८
526 views 0 secs

पाल्पा जिल्लामा कार्यरत १४१ शिक्षक एकै पटक विस्थापित भएका छन् । प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि एकै पटक १४१ शिक्षकको जागीर गुमेको छ । बिहीबार शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाले पुराना शिक्षक विस्थापन गरी दुई सय ६३ नयाँ शिक्षक नियुक्ति गरेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रमेशराज […]

FEATURE
on १३ मंसिर २०७६, शुक्रबार १०:४०
620 views 0 secs

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद ८ किलो सुन चिनियाँ नागरिकले भित्री वस्त्रमा लुकाएर ल्याइएको खुलेको छ । नेपाल एयरलाइन्सको विमानमार्फत हङकङबाट काठमाडौं आएका दुई चिनियाँ नागरिकले भित्री वस्त्रमा फल्स बटम बनाएर ४-४ किलो सुन लुकाएर ल्याएको भेटिएको हो । गएराति नियमित जाँचका क्रममा शंका लागेपछि खानतलासी गर्दा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णुराज ढकालले […]

FEATURE
on १३ मंसिर २०७६, शुक्रबार ०९:३२
504 views 0 secs

सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो।सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार र बिहीबार देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अतिक्रमण गरी भारतीय नागरिकले २१ घरटहरा बनाएका थिए । भारतीय पक्षले सुनसरीका विभिन्न २० स्थानमा नेपाली भूमि अतिक्रमण […]

FEATURE
on १३ मंसिर २०७६, शुक्रबार ०६:५५
510 views 0 secs

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीतवर्गबाट विशेष सहयोग मिल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला […]

FEATURE
on १२ मंसिर २०७६, बिहीबार २१:२७
455 views 0 secs

अवैध हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–१८, नरदेवीका ५८ वर्षीया गोबर्द्धनप्रसाद सरावगी र अर्घाखाँचीका २३ वर्षीय कृष्णप्रसाद भट्टराई छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले उनीहरुलाई ३८ लाख १२ हजार रुपैयाँसहित न्युरोटबाट पक्राउ गरेको हो । महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार भट्टराईलाई अन्जनी ओभरसिजका […]

FEATURE
on १२ मंसिर २०७६, बिहीबार १७:४१
449 views 0 secs

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडा सचिवलाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले गोकर्णेशवर नगरपालिका-५ का वडासचिव (खरिदार) निदेश बास्कोटालाई २५ हजार घुसहित बुधबार पक्राउ गरेको हो । घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस मागेको निवेदनको आधारमा खटिएको अख्तियारको टोलीले बास्कोटालाई वडानम्बर […]

FEATURE
on १२ मंसिर २०७६, बिहीबार १६:०२
524 views 0 secs

पातारासी गाउँपालिका–५ लासीका–९ वर्षीय सुवास बोहोरा हप्ता दिनअघि हराएका थिए । उनी आज चन्दननाथ नगरपालिका–१ राजीकोटस्थित जवा नदीमा मृत फेला परेका छन् । हराएका बालक खोजी कार्य गर्दा जवा नदीमा मृत अवस्थामा फेला परेका प्रहरी नायब उपरीक्षक धामीले बताए । स्कुल झोला र पोशाकसँगै उनी मृत अवस्थामा फेला परेका थिए । उनले भने, ‘उक्त बालकको […]

FEATURE
on १२ मंसिर २०७६, बिहीबार १५:३३
608 views 0 secs

पूर्वी चितवनको राप्ती नगरपालिका–७ खुरखुरेमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत खुरखुरेमा पूर्वबाट टाँडीतर्फ आउँदै गरेको ना ६ ख १४४ नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १४ प १६३ नं को मोटरसाइकललाई […]