586 views 0 secs 0 comments

चिनियाँ नागरिकले भित्री वस्त्रमा लुकाएर ल्याइएको थियो ८ किलो सुन…

In विश्व
१३ मंसिर २०७६, शुक्रबार १०:४०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद ८ किलो सुन चिनियाँ नागरिकले भित्री वस्त्रमा लुकाएर ल्याइएको खुलेको छ ।
नेपाल एयरलाइन्सको विमानमार्फत हङकङबाट काठमाडौं आएका दुई चिनियाँ नागरिकले भित्री वस्त्रमा फल्स बटम बनाएर ४-४ किलो सुन लुकाएर ल्याएको भेटिएको हो ।
गएराति नियमित जाँचका क्रममा शंका लागेपछि खानतलासी गर्दा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयका प्रमुख विष्णुराज ढकालले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् ।
उनीहरुलाई राति नै थुनुवा पूर्जी दिएर महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको छ ।