पर्वतमा ट्याक्टरको ब्रेक फेल हुँदा २ जनाको मृत्यु भएको छ । बिजुलीको पोल बोकेर ठाना जाँदै गरेको ट्याक्टर मोदी गाउँपालिका ६ ठानामा पल्टिएको थियो । ट्याक्टरमा सवार ५ मध्ये पर्वत जिल्ला मोदी गाउँपालिका २ गौंडा निवासी १८ वर्षीय सहचालक दीपेन्द्र नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरका चालक बागलुङका ३७ वर्षिय प्रकाश नेपालीको […]
प्रहरी विप्लव नेतृत्वको समूह निकट युवा संगठनका उपत्यका संयोजकलाई पक्राउ गरेको छ । सो संगठनका संयोजक सुजन भनिने राजु घिमिरे ललितपुरको कुमारीपाटीबाट मंसिर३० गते बेलुका पक्राउ परेका हुन् । घिमिरेको साथबाट ६ थान मोबाइल र विप्लव समूहसँग सम्बन्धित विभिन्न दस्तावेजहरु बरामद गरिएको प्रहरीले जनाएको छ । घिमिरले काठमाडौं उपत्यकामा विभिन्न उद्योगपतिहरुसँग धम्क्याएर चन्दा माग्ने र […]
दाङमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार दाडको घोराही उपमहानगरपालिका १ अठ्ठाइसेको किचेनीदहमा डुबेर २ बालकको मृत्यु भएको हो । स्थानीय भुपेन्द्र घर्तीका साढे २ वर्षीय छोरा युवराज घर्ती र बुद्धिराम घर्तीको ४ वर्षीय छोरा समिर घर्तीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । खेल्ने क्रममा बालकहरु […]
अस्ट्रेलियामा जारी बिग बास टी–२० लिग क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामाछिाने सम्मिलित टोली मेलबर्न स्टार्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा मेलबर्नले होबर्ट हुरिक्यान्सलाई ५२ रनले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा चार विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । १ सय ६४ रनको विजय […]
नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले […]
शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् । राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आजदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ । बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगरउपप्रमुख साधना झाले बताए । तिलाठी […]
ठूलो परिमाणमा अवैध सुनचाँदीको गरगहनासहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले गएराति जाँच गर्ने क्रममा जिल्लाको भगवान्पुर गाउँपालिका–४ ठाडीबजारबाट अवैध सुनचाँदीको गरगहनासहित सिरहाको गोलबजार नगरपालिका–४ निवासी ३४ वर्षीय मनोज रायलाई पक्राउ गरेको हो । भारततर्फबाट नेपालतर्फ आउँदै गरेको ज२प ६४२२ नंको मोटरसाइकल जाँच गर्ने क्रममा डिकीभित्र लुकाई–छिपाई […]
शनिबार राति दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला शाही अपहरणमा परेका छन् । प्रतिबन्धित विप्लव समूहले उनीहरुको अपहरण गरेको आशंका गरिएको छ । शनिबार राति १२ बजे २० देखि २५ जनाको समूहले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेर लगेको गाउँपालिका उपाध्यक्ष सिंहले जानकारी दिइन् । विप्लव समूहले अपहरण गरेको […]
काठमाडौँको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–११ कपन कृष्णमन्दिर सडकमा बा७प ८८५१ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा धुलाबारी नगरपालिका–१३ का ५५ वर्षीय यासाङ ढुन्दु शेर्पाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा हेल्पिङ ह्याण्ड अस्पताल चाबहिलमा उपचार क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको […]
हरेक वर्ष डिसेम्बर २१ तारिखलाई वर्षकै छोटो दिनको रुपमा लिने गरिन्छ तर पछिल्लो चार वर्षमा यसपटक भने वर्षको छोटो दिन डिसेम्बर २२ तारिख अर्थात् आज परेको छ । केही विशेष र दुर्लभ अवस्थामा डिसेम्बर २० देखि २३ सम्म यो दिन पर्न सक्ने बताइएको छ । वर्षको सबैभन्द छोटो दिनलाई विन्टर सोल्सटाइस भनिन्छ । जेठ–असारपछि […]