गाउँपालिका अध्यक्ष शाही र उनकी श्रीमती इला अपहरित…

In राजनीति, समाज
६ पुष २०७६, आईतवार ११:२८

शनिबार राति दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला शाही अपहरणमा परेका छन् । प्रतिबन्धित विप्लव समूहले उनीहरुको अपहरण गरेको आशंका गरिएको छ । 
शनिबार राति १२ बजे २० देखि २५ जनाको समूहले अध्यक्ष शाही र उनकी श्रीमतीलाई घरबाटै अपहरण गरेर लगेको गाउँपालिका उपाध्यक्ष सिंहले जानकारी दिइन् । 
विप्लव समूहले अपहरण गरेको जानकारी पाएलगत्तै सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ पुगेको छ । 
गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै विप्लव कार्यकर्ताले अध्यक्ष शाहीलाई पहिला नै चेतावनी पत्र दिएको थियो ।