काठमाडौंको स्वयम्भूस्थित अन्नपूर्ण चोकमा बुधबार राति टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । राति साढे १२ बजे बा५ख २४८१ नम्बरको टिपरले बा५६प १९०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घाइते भएका मोटरसाइकल चालक सीतापाईला बस्ने सिन्धुलीको खाङसाङ–६ का २२ वर्षीय प्रेजन मगर र मोटरसाइकलमा पछाडि सवार महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी […]
सुनसरीको धरान उपमहानरपालिका– १५ मा श्रीमानको कुटाइबाट श्रीमतीको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । श्रीमान् काजीमान र श्रीमतीबीच घरायसी बादविवाद भई कुटपिट भएको थियो । कुटाइबाट गम्भीर घाइते भएकी रमिलाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान […]
नुवाकोट, विदुर नगरपालिका–७ का एक बालकको बुधबार बिहान नदी तर्ने क्रममा त्रिशूली नदीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अविनारायण काफ्लेका अनुसार विदुर–७ का १४ वर्षीय शङ्कर तामाङको मृत्यु भएको हो ।शङ्कर र उनका दुई साथी प्रातः भ्रमणमा निस्किएका थिए । काफ्लेका अनुसार घटना विदुर –१० स्थित तिरतिरे भिर नजिकै भैंसेमा […]
धनुषामा घरायसी विवादका कारण एक महिलाको हत्या भएको छ । जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ३ बडहरीमा आफ्नै जेठाजु्ले बुहारीको हत्या गरेका हुन् । बुधबार दिउँसो श्रीप्रसाद पञ्जियारले आफ्नै भाइकी श्रीमती रानीदेवी पञ्जियारको हत्या गरेका हुन् । ३८ वर्षीया रानीलाई श्रीप्रसादले खुकुरी प्रहार गरी हत्या गरेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । जेठाजुको खुकुरी […]
नेपाली युवतीलाई बलि चढाउन खोजेको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिलकुमारी बुढामगर, उमेशकुमार माझी, दिलिप पोद्दार, कृष्ण तामाङ, उमेश शाह र रञ्जित चौधरी छन् । अर्की एक जना महिलाको नाम भने खुलाइएको छैन । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार घटनाबारे जानकारी दिन बिहीबार पत्रकार सम्मेलन आयोजना गरिएको […]
‘प्रहरी हुँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको रत्नपार्क क्षेत्रमा आपराधिक व्यक्तिहरूको सूचना संकलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । थापाका अनुसार, प्रहरीले खानतलासी गर्न खोजेपछि उनी दुर्व्यवहार गरेर भाग्न खोजेका थिए । […]
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० हजार घुससहित सर्लाहीको घरेलु तथा साना उद्योग कार्यालय मलंगवामा कार्यरत एक जना कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ । उद्योग दर्ताका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ७० हजार घुस लिइसकेको अवस्थामा कम्प्युटर अपरेटर (करार) नवीनकुमार सिंहलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार […]
ललितपुरबाट भरुवा बन्दुकसहित बुधबार एक जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–१० का पूर्णबहादुर तामाङ भरुवा बन्दुकसहति पक्राउ परेका हुन् । महानगरीय प्रहरी प्रभाग लाकुरी भञ्ज्याङबाट खटिएको प्रहरी टोलीले तामाङलाई लाकुरी भञ्ज्याङबाट लुभु आउने क्रममा नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वीरगञ्जको मानव सेवा आश्रम रानीघाटमा सुतेकै अवस्थामा एक जना पुरुष मृत फेला परेका छन् । गत असार २२ गते वीरगञ्जको घण्टाघरबाट उद्धार गरिएका करिब ५० वर्षीय परिचय खुल्न नसकेका व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।अघिल्लो राति सकुशल सुतेका उनी विहान मृत अवस्थामा देखेपछि आश्रमले प्रहरीलाई खबर गरेको थियो ।वडा प्रहरी कार्यालय श्रीपुर […]