५ मंसिर, काठमाडौँ। दक्षिण अफ्रिकाका पूर्व रग्बी खेलाडी हानेस स्ट्राइडमको कार दुर्घटनामा परी मृत्यु भएको छ। आइतबार एम्पुमलांगा प्रदेशको इमलालेनीस्थित कोइला खानी क्षेत्रनजिकको सडकमा उनको कार मिनिबससँग ठोक्किएर दुर्घटना भएको थियो। बिबिसीका अनुसार उक्त दुर्घटनामा ५८ वर्षीय स्ट्राइडमको मृत्यु भएको हो। उनी दक्षिण अफ्रिकाको उत्कृष्ठ रग्बी खेलाडी थिए। सन् १९९४ मा रंगभेदको अन्त्यपछि सन् १९९५ […]
५ मंसिर, काठमाडौँ। कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिका-४ मा सोमबार साँझ से१ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका-२ की ५८ वर्षीया शोभा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार बिकको […]
४ मंसिर, काठमाडौँ। उप-प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासन सुधारका लागि नीतिगत पहल गर्न एक समिति र पाँच उपसमिति गठन गरेका छन्। उनले गृह प्रशासनको नीतिगत सुधारको सुझाव पेस गर्नका लागि पूर्व मुख्यसचिव लिलामणि पौडेलको संयोजकत्वमा एक समिति र अन्य पाँच उपसमिति गठन गरेका हुन्। उनले गृह प्रशासनको नीतिगत सुधारमा आफूलाई केन्द्रित गराएको बताए। […]
४ मंसिर, काठमाडौँ। सरकारले भूकम्पपीडितका टहरा निर्माणका लागि पाँच जिल्लामा पैसा पठाएको छ।सरकारले भूकम्पपीडितका टहरा निर्माणका लागि पाँच जिल्लामा पैसा पठाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको हो। जाजरकोट, रूकुम पश्चिम, बझाङ, बाजुरा र सल्यान जिल्ला प्रशासन कार्यालयमा पैसा पठाइएको हो। […]
४ मंसिर, काठमाडौँ । काठमाण्डाैकाे जडीबुटीबाट जोरपाटीमा रहेकाे जम्मुडाँडासम्म जाने क्रममा हिजो शनिवार दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आज आइतवार ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहनासहितको झोला खोजी गरी काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले आज धनीलाई सामान हस्तान्तरण गर्नुभएको हो । जडीबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने […]
४ मंसिर, काठमाडौँ । ललितपुर । ललितपुरको एक घरमा लाखौँको चोरी भएको छ । ललितपुर महानगरपालिका-२४ धापाखेल नख्खुडोल टोल डेरा गरी बस्ने जयराम घिमिरेको कोठाबाट सो चोरी भएको हो । घरमा कोही नभएको अवस्थामा सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ३ लाख ८३ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको प्रहरीले जनाएको […]
४ मंसिर, काठमाडौँ। चितवनको भरतपुर महानगरपालिका वडा नं. २७ मेघौलीको एक सामुदायिक वनमा पोथी बाघ मृत फेला परेको छ । निकुञ्जका अनुसार हरियाली मध्यवर्ती सामुदायिक वनमा अन्दाजी सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको हो । शरीरका विभिन्न ठाउँमा घाउ चोटहरु रहेको अवस्थामा मृत भेटिएको बाघ जुधेको हुन सक्ने अनुमान निकुञ्जले गरेको छ । चालु […]
४ मंसिर, काठमाडौँ। कञ्चनपुरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् । सोमबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तरगत भासीमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिदा भीमदत्त नगरपालिका–९ बस्ने ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनले चलाएको सुपप्र ०२००४१ प २७०० नम्बरको स्कुटरलाई म २ प ७४५६ नम्बरको मोटरसाइकलले […]
४ मंसिर, काठमाडौँ। सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरूद्धका रिट आज हेर्न नभ्याउने भएको छ। न्यायाधीश कुमार चुडालको इजलासमा परेका १० वटा रिट हेर्न नभ्याउने सर्वोच्चको वेभ साइटमा उल्लेख छ। समय अभावका कारण इजलासले ती रिटमा सुनुवाइ गर्न नभ्याएको हो।
४ मंसिर, काठमाडौँ। रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ गोइरीजिउलामा आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठका अनुसार दुर्घटनामा घाइते भएका चौरजहारी नगरपालिका-१३ का ४५ वर्षीय मस्तबहादुर वलीको मृत्यु भएको हो। उनको चौरजहारीस्थित मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको […]
