महिलामाथि यौन शोषण गरेको आरोपमा ‘धर्मगुरु’ पक्राउ
मंसिर ७, २०७४-धार्मिक आवरणमा महिलाहरुलाई यौन शोषण गरेको आरोपमा ‘धर्मगुरु’ टुल्कु लामा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जले मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल वोशनस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङबाट पक्राउ गरेको हो । आफूलाई अवतारी लामा भएको घोषणा गर्ने टुल्कुको धार्मिक नाम रिम्पोछे छुल्ठिम दोर्जे योञ्जन हो । सिन्धुली कुशेश्वर दुम्जा-९ […]