690 views 7 secs 0 comments

महिलामाथि यौन शोषण गरेको आरोपमा ‘धर्मगुरु’ पक्राउ

In देश, समाज
७ मंसिर २०७४, बिहीबार १६:०१

मंसिर ७, २०७४-धार्मिक आवरणमा महिलाहरुलाई यौन शोषण गरेको आरोपमा ‘धर्मगुरु’ टुल्कु लामा पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जले मंगलबार काठमाडौंको दक्षिणकाली नगरपालिका-१ चाल्नाखेल वोशनस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङबाट पक्राउ गरेको हो ।

आफूलाई अवतारी लामा भएको घोषणा गर्ने टुल्कुको धार्मिक नाम रिम्पोछे छुल्ठिम दोर्जे योञ्जन हो । सिन्धुली कुशेश्वर दुम्जा-९ का ५६ वर्षीय लामालाई मंगलबार पक्राउ गरेपनि प्रहरीले आज (बिहीबार) सार्वजनिक गरेको हो । उनले जुनसुकै रोग पनि निको पार्न सक्ने आफूसँग दैवी शक्ति रहेको भ्रममा पारी लामो समयदेखि उपचारमा आउने महिलामाथि यौनशोषण गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका लामामाथि जिल्ला अदालत काठमाडौंबाट जबर्जस्ती करणी तथा विद्युतीय कारोबार ऐेनअन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यी हुन् धर्मगुरु लामाबारे अनुसन्धानबाट खुलेका कुरा

– करिब १० वर्षदेखि काठमाडौं जिल्ला दक्षिणकाली नपा १ चाल्नाखेल वोशनस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा सञ्चालन गरिबसेको

– उक्त गुम्बामा महिलाहरुको संख्या धेरै रहेको

– उपचार गराउन आएका महिलाहरुलाई उपचारको क्रममा एकल कोठामा निर्वस्त्र गराई जबर्जस्ती शारीरिक सम्बन्ध राखेको,

– पीडित महिलाहरुलाई योन शोषणको कुरा कसैलाई भनेको खण्डमा ठूलो क्षति हुन्छ, पुन: रोग बल्झिन्छ, रोगको उपचारको निम्ति निज गुरुसँगै यौन सम्पर्क राख्नुपर्छ,

– गुरु तेत्तीस कोटी देउताको अवतार भएको, गुरु रिसाएमा अनिष्ठ हुने भनी डर त्रास देखाई भ्रममा पारेको,

– पीडित महिलाहरुलाई परपुरुषसँग विवाह गरेमा तिम्रो मृत्युसमेत हुन्छ भनी त्रास देखाई पीडितहरुलाज्ञ बारम्बार यौन सम्पर्क गरेको,