नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको प्रहरी चौकी कब्जा गर्ने प्रयास भन्दै सामाजीक सञ्जालमा चौतर्फी हल्ला ..

In राजनीति
२० जेष्ठ २०७६, सोमबार १४:१७

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ छेस्कामस्थित प्रहरी चौकी कब्जा प्रयास गरेको छ।
आइतबार राति करिब ३० जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले प्रहरी चौकी कब्जा प्रयास गरेका हुन्। तर, विप्लव कार्यकर्ताबारे सूचना पाएका प्रहरीले चौकी छाडेर अन्यत्र गएपछि कुनै घटना हुन नपाएको सुरक्षा स्रोतले जनाएको छ। मध्यराति १२ बजेको समयमा विप्लवका कार्यकर्ता चौकीमा पुगेका थिए। विप्लवका कार्यकर्ता चौकीतर्फ आउँदै गरेको सूचना पाएपछि ७ जना प्रहरी हतियारसहित सुरक्षित स्थानमा गएर बसेको खुलेको छ। प्रहरी नभेटेपछि उनीहरू बिहान ३ बजेसम्म चौकी आसापासकै क्षेत्रमा बसेका थिए। तर, सोलुखुम्बुस्थित सुरक्षाअधिकारीहरूले यसको स्वतन्त्र पुष्टि गर्न अस्वीकार गरेका छन्।
दुर्गम उक्त क्षेत्रमा अहिले टेलिफोन सेवा अवरुद्ध छ। गुदेलमा सञ्चालित साना जलविद्युत् अवरुद्ध हुँदा टेलिकमको रिपिटर टावरले काम गर्न नसकेको हो। त्यहीकारण महाकुलुङ क्षेत्रमा फोन सम्पर्क हुन सकेको छैन। विप्लवका कार्यकर्ता त्यही मौकामा प्रहरी चौकी कब्जाका लागि पुगेको स्रोतले जनाएको छ। सदरमुकामदेखि करिब २५ कोस टाढा रहेको उक्त गाउँ विकट मानिन्छ। त्यहाँ सडक नभएकाले सवारीसाधन पुग्न सकेको छैन। विप्लवले चौकी कब्जा प्रयास गरेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको बैठक बसिरहेको छ। प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले बैठक चलिरहेकाले पछि मात्रै सूचना दिने बताएका छन्। प्रदेश र जिल्लाबाट त्यस क्षेत्रमा हेलिकोप्टरबाट थप ५० ६० जना पुलिस परिचालन भयको र अहिलेको स्थिति सामान्य रहेको।
कुरा नेपाल प्रहरी प्रबक्ता श्री पर्दिप सुबेदीले संदेश नेपाल लाई जानकारी दिनुभयको छ ।