587 views 0 secs 0 comments

कालोपत्रे बिच्छ्याउने, लोडरले पेल्ने काम हुन थाल्यो बौद्ध–जोरपाटी सडक…

In देश
१ जेष्ठ २०७६, बुधबार १८:३८

सडक कालोपत्रे नगरेको विरोधमा स्थानीय वासिन्दाले सडक बन्द गराएको छैठौं दिन बौद्ध जोरपाटी सडक कालोपत्रे सुरु भएको छ ।

बुधबार धमाधम सडकमा कालोपत्रे बिच्छ्याउने, लोडरले पेल्ने काम भइरहेको छ ।

लामो समयदेखि सडक निर्माणमा सरकारले बेवास्ता गर्दा गर्मीमा धुलो र पानी परेका बेला हिलो भएको भन्दै स्थानीय वासिन्दाले सडक नै बन्द गरेर विरोध जनाएका थिए । स्थानीय वासिन्दाको विरोधपछि भने कालोपत्रे सुरु भएको छ ।