527 views 0 secs 0 comments

ज्यान मार्ने मुद्दामा जेल परेका सिंह र पटेल धरौटीमा रिहा

In देश
१५ पुष २०७५, आईतवार १४:४७

कलैया । जिल्ला अदालत बाराले बारा पतरौताका प्रभु पटेल र जलन्दर सिंहलाई आज धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

न्यायाधीश शिरिराज ढकालको एकल इजलासले जनही रु ७० हजारका दरले धरौटी लिई रिहा गर्न जिल्ला प्रहरी कार्यालयको नाममा आदेश जारी गरेको अदालतका प्रवक्ता कौलेश्वर ज्ञवालीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाराले ज्यान मार्ने मुद्दामा दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो । आदेशसँगै दुवै जना आज रिहा हुने भएको छ ।

गएको मङ्सिर २९ गते बाराको महुयाहीबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।