664 views 0 secs 0 comments

अमेरिकी रक्षामन्त्री जीम म्याटिसद्वारा राजीनामा

In विश्व
६ पुष २०७५, शुक्रबार १६:०७

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार रक्षामन्त्री जीम म्याटिसले आगामी फेब्रुअरी महिनाबाट अवकाश लिने जानकारी दिँदै ट्वीट गरेसँगै रक्षामन्त्रीले राजीनामा दिएका हुन् । ट्रम्पको मन्त्रीमण्डलमा विवादरहित मन्त्रीको छवि कायम गरेका म्याटिस र ट्रम्पबीच सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा विवाद भएको बताइएको छ। अमेरिकी सेनाको जेनेरल रहिसकेका म्याटिस एक्कासी सिरियाबाट सेना हटाउँदा त्यसले दिर्घकालिन रुपमा नराम्रो गर्ने विचार राख्छन्।

म्याटिसले राजीनामा पत्रमा राष्ट्रपति ट्रम्पलाई आफूसँग विचार मिल्ने व्यक्तिलाई रक्षामन्त्री बनाउने अधिकार रहेको बताउँदै अहिलेको विकसित परिस्थितिमा आफूले राजिनामा दिनु नै उचित रहेको उल्लेख गरेका छन्।

म्याटिसको राजीनामाले ट्रम्पलाई देश भित्र मात्र नभई देश बाहिर पनि समस्या पर्ने विश्लेषकले बताएका छन्। उनीहरुको अनुसार ट्रम्पले सिरियाबाट एक्कासी सेना फिर्ता गर्ने निर्णय गरे पनि अमेरिकी सेनाका ४ तारे जर्नेल म्याटिस आफ्नो सहयोगी राष्ट्रलाई आफूले त्यसो हुन नदिने भनेर शान्त पार्न खोजिरहेका थिए।

अब ट्रम्प प्रशासनलाई देश भित्र डेमोक्र्याटहरुले सुरु गरेका अनुशन्धान र बाहिर चीर र रसियासहित अब आफ्नो सहयोगी राष्ट्रहरुसँग पनि सम्बन्ध सुधारका लागि कार्य गर्न हम्मेहम्मे पर्ने देखिएको छ।