
काठमाडौं – प्रदर्शन मिति नजिकिदै गर्दा २८ मंसिरबाट प्रदर्शनमा आउँने चलचित्र ‘सुश्री सम्पति’ले ट्रेलर सार्वजनिक गरेको छ ।
चलचित्रको प्रचार प्रसारलाई तिब्रता दिन निर्माण युनिटले ट्रेलर ल्याएको राजधानीमा एक कार्यक्रम गर्दै जानकारी दिएको हो । ट्रेलरमा दुई युवाले सुश्री सम्पतिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गर्ने संघर्ष समेटेको छ ।
सलोन बस्नेत, सारा सिर्पाली, बिनोद न्यौपान, प्रमोद अग्रहरी र राजाराम पौडेल लगायतका कलाकार देखिएको ट्रेलर आकर्षक लाग्छ ।
रंग पत्रकार सुव्रत आचार्यको निर्देशनरहेको चलचित्रमा सलोन, सारा, बिनोद, प्रमोद र राजारामको अलवा विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा प्रियंका कार्की विशेष भूमिकामा छिन् ।
रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । चलचित्रको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।
अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको चलचित्रमा स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।
चलचित्रलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछhttps://youtu.be/NDlqkCSkUQQ