
काठमाडौं। एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ ले विजयी सुरुवात गरेको छ । उसले आजको खेलमा चितवन टाइगर्सलाई ६ विकेटले पराजित गर्दै पहिलो खेलबाटै अंक तालिकाको शीर्ष स्थानमा उक्लििएको छ । चितवनले दिएको १६१ रनको लक्ष्य काठमाडौंले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टाएको हो ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले १९.५ ओभरमा अलआउट हुँदै १६० रन बनाएको थियो । चितवनका लागि दपेन्द्रसिंह ऐरीले सर्वाधिक ४५ रन बनाए । पल स्टिरलिङले ३४, सन्दिप सुनारले २५, कप्तान पृथु बास्कोटाले नटआउट २० तथा जर्ज स्कटले १५ रन बनाए । काठमाडौंका लागि प्रदिप साहु र समशाद शेखले ३–३ तथा सागर पुन, केभिन ओब्रेन र अमरसिंह रौतेलाले १–१ विकेट लिए ।
१६१ रनको लक्ष्य पच्छ्याउन मैदानमा उत्रिएको काठमाडौं किंग्स ११ ले ७ बल बाँकी छँदै ४ विकेटको क्षतिमा ६४ रन बनायो । काठमाडौंका लागि सुब्रमन्यन आनन्दले १८ बलमा नटआउट ४३ तथा अमरसिंह रौतेलाले १२ बलमा नटआउट २१ रन बनाए । काठमाडौंका लागि आनन्दले ४ छक्का हाने उनीबाहेक कुनै पनि ब्याट्सम्यानले छक्का हानेनन् । काठमाडौंका सागर पुनले ३९ नरेश बुढाऐरले २२ तथा अमित श्रेष्ठले १८ रन बनाए । चितवनका शहाब आलमले २, पल स्टिरलिङ र ललित भण्डारीले १–१ विकेट लिए । काठमाडौंका सुब्रमन्यन आनन्द म्यान अफ द म्याच भए ।