बुद्ध शान्ती फाउन्डेसनद्वारा टिका विद्याश्रम सानेपामा पुस्तकालय स्थापना

In शिक्षा
१९ कार्तिक २०७५, सोमबार १२:५३

ललितपुर । यू एन डब्ल्यू जीको सहयोगमा बुद्ध शान्ती फाउन्डेसनद्वारा श्री टिका विध्याश्रम सानेपामा स्थापना गरिएको पुस्तकालय हस्तान्तरण गरेको छ । कार्यक्रममा वरिष्ठ शिक्षाविद प्रा. डा. केदार भक्त माथेमा तथा बुद्ध शान्ती फाउन्डेसनका अध्यक्ष सन्ध्या रेग्मीले उक्त पुस्तकालय हस्तान्तरण गरे।

बुद्ध शान्ती फाउन्डेसनका संस्थापक अध्यक्ष सन्ध्या रेग्मीको विशेष सकृयतामा झन्डै एक वर्षअघि प्रस्तावना लेखी यू एन डब्ल्यू जीमा पेश गरी छनोट भएअनुसार यस विद्यालयमा पुस्तकालय स्थापनाका लागी सहयोग प्रदान गरिएको थियो ।

त्यस अनुरुप झन्डै ५ लाख मुल्य बराबरका काठका फर्निचरहरु र ४ लाख मुल्य बराबरका पुस्तकहरु प्रदान गरी बुद्ध शान्ती फाउन्डेसनले त्यस विद्यालयको ईतिहासमा प्रथम पटक पुस्तकालय स्थापना गर्यो ।सन्ध्या रेग्मीले दिनुभएको जानकारी अनुसार हरेक वर्श यू एन डब्ल्यू जीले बिशेष गरी शिक्षाको क्षेत्रमा विश्वका २० मुलुकका अभावग्रस्त विद्यालयाहरुलाई ३ देखी १७ वर्शका विद्यार्थी लाभान्वित हुन गरी सहयोग प्रदान गर्दछ ।

उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिमला देवी लामिछानेले सहयोगी संस्था प्रति धन्यवाद दिइन् । बुद्ध शान्ती फाउन्डेसनका संरक्षक प्राध्यापक सञ्जय देवले एउटै पुस्तकले कुनै व्यक्तीको जीवन नै परिवर्तन गर्न सक्ने हुँदा पुस्तक पढ्ने बानी सानैदेखी बसाल्नु पर्ने बताए ।

बुद्ध शान्ती फौण्डेशनका संस्थापक अधक्ष्य सन्ध्या रेग्मीले साहित्यले समाजलाई मार्गनिर्देशन गर्न सक्ने हुँदा बवद्यार्थीलाई नेपाली र अंग्रेजी दुवै भाषाका साहित्यिक पुस्तकहरुको अध्ययन गर्न हौसल दिइन् ।