गणेश लामा कारागार बाट छुटे :

In राजनीति, सूचना-प्रबिधि
३१ आश्विन २०७५, बुधबार १६:३५

नेपाली कांग्रेससँग निकट ‘गुन्डा नाइके’ गणेश लामा थुनामुक्त भएका छन् । हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय भुक्तान गरेर उनी सोमबार राति छुटेका हुन् ।
गत ३० फागुनमा काठमाडौं प्रहरी परिसरको विशेष टोलीले लामालाई एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि त्यहाँ पुगेको प्रहरी टोलीले लामालाई पक्राउ गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले २६ चैतमा गरेको थुनछेक आदेश बमोजिम हातहतियार तथा खरखजाना ऐन, २०१७ अनुरुप उनलाई डिल्लाबजार कारागारमा पुर्पक्षका लागि पठाइएको थियो । पछि मुद्दाको फैसलामा उनलाई ७ महिना कैद र ७० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
‘पक्राउ परेको दिनदेखि २८ असोजसम्ममा कैद सजाय कट्टा भएकाले अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए थुनामुक्त गर्नु होला’, प्रशासन कार्यालयंद्वारा डिल्लीबजार कारागारलाई प्रेषित पत्रमा उल्लेख छ ।