नेपाल रेकर्ड जितको नजिक

In खेलकुद
२३ आश्विन २०७५, मंगलवार १०:२५

काठमाडौं । मलेसियामा जारी टी ट्वान्टी विश्वकप छनोट अन्तगर्त एशिया बीको छनोट प्रतियोगितामा नेपाल रेकर्ड जितको नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म १५१ रनको लक्ष्य पाएको भुटानको १५ रनमा ७ विकेट गएको छ । नेपाल रनको हिसाबले सबैभन्दा ठूलो जितको नजिक पुगेको हो ।
नेपालका लागि सन्दिप लामिछानेले सनसनीपूर्ण प्रदर्शन जारी राखेका छन् । उनले भुटानका ३ विकेट लिएका छन् । यस्तै अर्का स्पीनर ललितनारायण राजवंशीले पनि ३ विकेट लिएका छन् । अर्का स्पीनर बसन्त रेग्मीले पनि एक विकेट लिएका छन् ।
यसअघि नेपालले पहिला ब्याटिंग गर्दै ४ विकेट गुमाएर १५० रन बनाएका थिए । आजको खेलमा लामो समयपछि टिममा फर्केका प्रदिप ऐरीले ६८ बलमा ७५ रनको उत्कृष्ट इनिंग खेलेका थिए । प्रतियोगितामा नेपालले खेलेका ३ खेलमा तीनै खेल जितेर शतप्रतिस जित हासिल गरेको छ भने चौथो जितको नजिक पुगेको छ ।