778 views 0 secs 0 comments

गुल्मीमा दाउरा काट्ने क्रममा भीरबाट लडेर एक वृद्धको मृत्यु …

In समाज
१५ आश्विन २०७५, सोमबार १५:०६

गुल्मी : मालिका गाउँपालिका–६ मा दाउरा काट्ने क्रममा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा अर्जेपौवाका करिब ६९ वर्षीय महलाल विष्ट रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक शिवबहादुर खत्रीले जानकारी दिए। आइतबार दिउँसो पौवाखोलामा एक्लै दाउरा काट्न गएका विष्ट राति अबेरसम्म घर नर्फकिएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए।
खोजी गर्ने उनको शव पौवाखोलामा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।