
पहिलो उपाय : बिहानै उठेर दुई गिलास पानीमा कागती मिसाएर दैनिक पिउने
दोस्रो उपाय : जब चुरोट पिउन तल्तल् लाग्छ, आफैले आफैलाई सम्झाउनु कि ‘मलाई चुरोट छोड्नु छ।’ चुरोट छाड्न सबैभन्दा बढी आफ्नै इच्छाशक्ति आवश्यक हुन्छ।
तेस्रो उपाय : चुरोट छाड्ने निधो गरिसकेपछि कहिलेदेखि छाड्ने मनमनै मिति तोक्नुहोस्। त्यसपछि पनि तपाईंलाई चुरोट पिउन मन लाग्नेछ । यस्तो बेला तपाईं आरामसँग बस्नोस् र लामो श्वास तानेर पानी पिउनुहोस् । यसो गर्दा तपाईंको ध्यान अन्तै मोडिन्छ।
चौथौ उपाय : अमलालाई घाममा सुकाउनुहोस्, त्यसमा कागती र नुन हालेर बट्टामा राख्नुहोस् र जतिबेला पनि आफ्नै साथमा राख्नुहोस् । जब चुरोट पिउने तल्तल् लाग्छ, त्यतिबेला बट्टाको अमला थोरै–थोरै निकालेर खानुहोस् । यसका साथै मौसम, सुन्तला र अंगुरजस्ता फलफूलका जुस पिउने गर्नाले पनि चुरोटको सम्झना मेटिन सक्छ।
चुरोट तथा सूर्तिजन्य पदार्थ छाड्दा सुरुका दिनमा चिडचिड हुने, नैराश्य हुने, छटपटी हुनेजस्ता लक्षण देखिन्छन् । यस्ता लक्षणले कसको कति चुरोट खाने बानी थियो भन्ने कुरा पनि पत्ता लाग्ने बताइएको छ।