1092 views 0 secs 0 comments

मधेश नेपाल होइन भन्ने हरु संग लाचार भएर बसिन्न: गृहमन्त्री रामवहादुर थापा

In देश
९ आश्विन २०७५, मंगलवार १७:४२

गृहमन्त्री रामवहादुर थापा बादलले स्वतन्त्र मधेशका नाममा देश विखण्डन गर्ने गतिविधिप्रति सहानुभूति नराख्न आग्रह गरेका छन् ।
संसदमा कतिपय सांसद र संसद बाहिर अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले बर्दियाका राम मनोहर यादवको हिरासतमा मृत्युप्रति उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले उनी नेपाल विखण्डनका अभियन्ता रहेको प्रष्ट पारेका छन् ।
राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री बादलले यादवको मृत्यु हृदयघातका कारण भएको र यसको थप अनुसन्धान सरकारले गरिरहेको बताए । उनले हिरातमा यातना दिएर मृत्यु भएको भन्ने आरोपको खण्डन गर्दै उनको मेडिकल रिपोर्टले पनि हृदयघात भएको देखाएको बताए ।
गृहमन्त्री बादलले विखण्डनकारीहरु स्वतन्त्र मधेशका नाममा खुलेआम ‘मधेश नट नेपाल’ भन्दै हिड्ने र सरकार लाचार भएर बस्ने अवस्था रहेको बताए । संविधानले यस्ता गतिविधिलाई अपराधका रुपमा परिभाषित गरेको भन्दै यस्ता गतिबिधि गर्नेमाथि कारवाही हुने प्रष्ट पारे ।
बादलले भने-स्वतन्त्र मधेश गठबन्धन भन्ने सीके राउतको समूहले मधेश नट नेपाल भन्ने भाषण गर्दै हिँडेका छन् । अस्ति संविधान दिवसको दिन ठाउँठाउँमा उनीहरुले त्यस्ता गतिविधि गर्दा हामी लाचार हुने अवस्था ठीक होइन । राममनोहर यादव सोही संगठनको सदस्य र उनले यस्तै नारा लगाउँँदै उपप्रधामन्त्री उपेन्द्र यादव बर्दिया जाँदा समातिएको हो ।’