728 views 0 secs 0 comments

बौद्ध धर्मावलम्बीको नयाँ वर्षमा शुभकामना

In देश, समाज
४ पुष २०७४, मंगलवार १३:१९

हुम्ला। हुम्ला जिल्लाका बौद्ध धर्मावलम्बीले पौषे औँशीका दिनदेखि शुरु भएको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गरेका छन् ।

सिमीकोट गाउँपालिकाअन्तर्गत बरगाउँ, दोजाम, बुराउँसे, लाग्दुक र नाम्खा गाउँपालिकामा रहेका घिगा, खगाल गाउँ, केर्मी, च्यादुक, मुचु, लिमीसमेतका गाउँमा मीठामीठा खानपिन, नाचगान गरिएको तत्कालीन गाउँ विकास समितिका अध्यक्ष पामातन्गन लामाले बताउनुभयो ।