1608 views 0 secs 0 comments

म धनि छुँ …किनकि म संग स्तन र योनी छ :

In बिचार
९ आश्विन २०७५, मंगलवार ११:४९

म हरेक गल्लीमा असुरक्षित छु आमा !
त्यो सडक,घर, स्कुल, कलेज, चिया पसल !!
सबै सबै ठाउँमा !!!
तिमी सोच्छौ होला आमा !
सुनचाँदी, पैसा केही छैन छोरीसँग !!
कसरी असुरक्षित हँ ?
तर थाहा छ आमा तिमीलाई !!!
आजभोलि छोरीसँग लुटिन धन हैन नी !!!!
स्तन र योनी हेरिन्छ ।
अनि आमा सानो हुँदा सकी नसकी !
छोप्ने गरेका मेरा संवेदनशील अंगलाई !!
आजभोलि जताततै उदाङगो बनाइन्छ !!!!
क्षतविक्षत पारिन्छ !!!!
टोकिन्छ,काटिन्छ चलाइन्छ ।
आमा म पनि धेरै धनी छु नि !
मसँग पनि स्तन र योनी छ !!
यसैले त म असुरक्षित छु ।
यसैले आमा म जुनसुकै बेला !
टोकिन सक्छु !!
लुटिन सक्छु !!!

अन्त्यमा विक्षिप्त भएर !
पानीसमेत भन्न नपाई सधैको लागि निदाउँन सक्छु !!
तर
आमा म अहिले नै भन्छु नि !
तिमी नरुनु है !!
बस चुपचाप चित्ता जलाउनू !!!
किनकि तिमी गरीब छौं !!!!
न्याय किन्न सक्दिनौं मेरो लागि ।
यसैले आमा !
म हरेक समय !!
हरेक ठाउँमा असुरक्षित छु । बिनु लुइँटेल