
नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा संघीयताको कार्यान्वयन, चुनौती र नेपाली कांग्रेसको भूमिका विषयक अन्तक्रियालाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेस कमजोर भए प्राप्त उपलब्धि र लोकतन्त्र खतरामा प ‘मुलुकको परिवर्तन र जनताको न्यायका लागि पञ्चायतकालमा म १४ वर्ष जेल बसेँ, धेरै राजनीतिक सङ्घर्ष गरेँ,’ नेता पौडेलले भने, ‘राजनीतिक संघर्ष सत्ता प्राप्तिका लागि नभएर जनताको न्याय, देशको उन्नति र समृद्धिका लागि हो ।’
मुलुकको परिवर्तनमा बिपीको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै पौडेलले निमुखालाई न्याय र विपन्नलाई आय नै बिपीको असली समाजवाद भएको बताए । देशमा संविधान र संघीयता कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै नेता पौडेलले एकल जातीय आधारमा संघीय राज्य बन्न नसक्ने धारणा राखे ।
चुनावमा पार्टीले भोग्नुपरेको पराजयको समीक्षा हुनुपर्नेभन्दै उनले चुनावमा कांग्रेसले हारे पनि सिद्धान्तको विजय भएको बताए । नेता पौडेललेपार्टी नेतृत्वबाट भएका त्रुटि सुधार गरेर पार्टीभित्र देखिएका गुटउपगुट, विकृति र विसङ्गतिको अन्त्य गरी पार्टीलाई सुधार गर्नुपर्ने खाँचोरहेकाे बताए ।
एक पटकको नेपाली सधैँको नेपाली भएको भन्दै उनले नेपालमा लगानीको अवसर र वातावरण बनेकाले विदेशमा सिकेको ज्ञान, सीप, कला र पूँजी लिएर स्वदेश फर्कन प्रवासी नेपालीलाई आग्रहसमेत गरेका छन् ।
र्ने विचार व्यक्त गरे ।