486 views 0 secs 0 comments

सरकारी वार्ता टाेली असन्तुष्ट प्रकाण्ड पक्राउप्रति…

In देश
५ आश्विन २०७५, शुक्रबार १४:३१

सरकाद्वारा गठित उच्चस्तरीय वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले नेकपा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को पक्राउ र रिहाइको प्रक्रियाले वार्तामा असहजता सिर्जना भएको बताएका छन्।
शुक्रबार रिपोर्टर्स क्बलले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक पाण्डेले राजनीतिक र गैर–राजनीतिक क्रियाकलापका आधारमा द्वन्द्वरत समूहहरुलाई वार्तामा बोलाएर शान्ति कायम गर्न सरकार लचिलो हुनुपर्ने बताए।
‘समाचारमा आएका कुराहरुलाई मात्रै आधार मानेर हुँदैन, हामीले प्रकाण्डबारे अदालत र सरकारसँग कुराकानी गरेका थियौं, अदालतले दोषी नरहेको भन्दै रिहाइ गर्न भन्ने र गृहले अदालत परिसरबाटै पक्राउ गर्ने प्रक्रियाले अनेक प्रश्न खडा भएका छन्,’ उनले भने।
उनले प्रकाण्डलाई बारम्बार पक्राउ गर्नुको भित्री कारण उजुरी र जाहेरीको आधार रहेको सुनाए। ‘त्यही उजुरी र जाहेरीका आधारमा प्रहरीले प्रकाण्डलाई पक्राउ गर्ने र अदालतले दोषी नभेटेपछि रिहा गर्ने आदेश दिएको रहेछ, नेकपा विप्लव राजनीतिक मोर्चा हो, उसले उठाएका माग राजनीतिक छन्, त्यसैले सरकार यस्ता मोर्चा र अन्य अराजनीतिक समूहको बारेमा जानकार छ,’ पाण्डेले भने।
वर्तमान सरकारको उद्देश्य नै कुनैपनि समूहरहितको मुलुक बनाउन चाहनु रहेको उनको भनाइ छ। उनले थपे, ‘सरकार मुलुकमा शान्ति, अमनचयन चाहन्छ, विकास र समृद्धिको परिकल्पनालाई साकार पार्न चाहन्छ, सबै किसिमका असन्तुष्टि मेटेर मुलुकलाई शान्ति, स्थायित्व कायम राख्ने दिनका रुपमा असोज ३ गतेलाई संविधान दिवस मनाइसकेका छौैं।’
संविधानगतिशील दस्तावेज भएकाकारण आफ्ना माग राख्न पाउने र मुलकको हितमा रहेर त्यसलाई संशोधन गर्न पाउने अधिकार रहेको बताउँदै उनले भने, ‘भदौ ८ गते गठन गरिएको वार्ता टोलीले गृहमन्त्रालयमा कार्यालय खडा गरेर काम थालनी गरेको थियो, भदौ २५ गते नै सम्पूर्ण असन्तुष्ट पक्ष र समूहलाई वार्तामा आउन खुल्ला आह्वान गरेको थियो, त्यसयता १२ वटा समूह वार्तामा आएका छन्, सातवटा समूहलाई वार्तामा आउन हामीले आग्रह गरेका छौं।’
अदालतले रिहाई गर्न आदेश दिएका नेकपाका प्रवक्ता प्रकाण्डलाई अदालतकै परिसरबाटै पक्राउ गर्ने र मधेसलाई नेपालनै होइन भनेर आमसभा गर्ने सिके राउतलाई सरकारले केही नगर्ने भएपछि कसरी शान्ति कायम हुन्छ नि? भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘जाहेरी र पक्राउ पुर्जीको आधारमा प्रकाण्डलाई पक्राउ गरिएको भन्ने कुुरा हामीले जानकारी पाएका छौं, अर्को कुरा हाम्रो वार्ता टोलीलाई भएजतिको अधिकार छ त्यो भन्दाबाहिर गएर गर्न मिल्ने काम भनेको देशलाई सामाजिक, जातीय र धार्मिक विखण्डन जस्ता कार्यहरु कसैले गर्छ भने त्यस्ता समूहकाबारेमा सरकारले तत्काल सोच्नुपर्छ भनेर भन्न सक्छौं, सरकारले पनि सोचिरहेराजनीतिक आस्था र जनताको हितमा गठित समुहहरुको बारेमा सरकार गम्भिर हुनुपर्नेमाजोड दिँदै पाण्डेले आफ्ना मागहरु ल्याएर
वार्तामा आउन सम्पूर्ण द्वन्द्वरत समूहलाई आग्रह समेत गरे।