784 views 0 secs 0 comments

जापानमा फेरी अर्को बीपत …

In विश्व
२२ भाद्र २०७५, शुक्रबार ००:०७

जापानको होक्काइदोमा विहिवार विहानै गएको ठूलो भुकम्पमा परि ज्यान गुमाउनेहरुको संख्या साँझसम्म ९ पुगेको छ । ३०० जना भन्दा बढि घाइते भएको र घाइतेहरुमध्ये ७ जनाको अवस्था गम्भिर रहेको क्योदो न्यूजले आफ्नो अनलाइन संस्करणमा जनाएको छ । भुकम्पका कारण हराइरहेका अन्य ३० जनाको खोजीकार्य भैरहेको समाचारमा उल्लेख छ । प्रभावित क्षेत्रका १९०० भन्दा बढि व्यक्तिहरुलाई विभिन्न स्थानमा तयार पारिएका ४०० वटा अस्थायी सिविरमा सारिएकोपनि समाचारमा बताइएको छ ।

विहिवार विहान करिव ३ बजेतिर गएको ६ दशमलब ७ म्याग्निच्यूडको भुकम्पपश्चात विद्युत आपूर्ती अवरुद्ध हुनुका साथै ठूलो धनजनको क्षती भएको छ । भूकम्पको केन्द्रबिन्दु नजिकैको आत्सुमा सहर भूकम्पको धक्काबाट पुरै क्षतीग्रस्त भएको बताईएको छ । सो क्षेत्रमा दर्जनौं घर बस्न नमिल्नेगरि भत्कीएको तथा क्षतिग्रस्त भएका छन् भने पहिरोले केही क्षेत्रका दर्जन बढी घर पुर्दा त्यसमा रहेका कयौं व्यक्ति बेपत्ता छन् ।

सबै विद्युत् गृह सुरक्षित भए नभएको चेकजाँचको काम भइरहेको र भोलीसम्ममा विद्युत आपुर्ति हुनसक्ने होक्काइदो पावर कम्पनीलाई उधृत गर्दै जापानटाइम्सले खबर लेखेको छ । विद्युत प्रवाह रोकिएका अस्पतालहरुमा बैकल्पिक ऊर्जाको प्रयोग गरी काम चलाईएको छ ।

भूकम्पका कारण सिन्कान्सेन तथा सार्बजनिक यातायात तथा रेल सेवा थप्प भएको छ । त्यहाँका विद्यालयहरु पनि आजका लागि बन्द गरिएको थियो ।

२०१६ मा कुमामोतो प्रिफेक्चरमा पनि अहिलेकै बराबरको भूकम्प गएको थियो जुन २०११ को ९ म्याग्निच्यूडको भुकम्पपछि मापन गरिएको ठूलो भूकम्प थियो । यो बर्ष मात्र जापानमा विभिन्न प्राकृतिक प्रकोपहरुले पीडा दिइरहेको छ । केही दिन अघिमात्रै २५ बर्ष यताकै ठूलो आँधिको सामना गरेको जापानमा गत जुनमा पनि ओशाका प्रिफेक्चरमा गएको भूकम्पमा परि ५ जनाको मृत्यू भएको थियो भने ३७० भन्दा बढि घाइते भएका थिए ।