622 views 0 secs 0 comments

यौन चाहनाको लोभले जेल सुरक्षाका लागि खटिएका प्रहरी हवल्दार नै जेलमा

In देश, समाज
२६ माघ २०७४, शुक्रबार १२:२१

जेल सुरक्षाका लागि खटिएका मोरङमा कार्यरत एक प्रहरी हवल्दार आफै जेल चलान भएका छन् ।
तस्विर -: नया पत्रिकाबाट

जिल्ला कारागार मोरङ विराटनगरमा लागु औषधको मुद्दामा कैद भुक्त्तान गर्दै आएका उर्लाबारी – ७ घर भएका कैदी उमेशकुमार चौधरीको लोभमा परेर यौन चाहना पूरा गर्न खोज्दा कागारको सुरक्षामा खटिएका प्रहरी हवल्दार अशोककुमार शाह आफै कैदी भगाएको आरोपमा जेल जानु परेको हो ।

मोरङ कागारमा तीन बर्षदेखि कैद भुक्त्तान गर्दै आएका चौधरी आँखाको उपचार गर्ने बाहनामा १५ माघमा कारगारबाट हवल्दार शाहको रोहवरमा बिराटनगर स्थित कोशी अञ्चल अस्पताल आएका थिए । बाहिर आएपछि अस्पताल जान छाडेर हवल्दार शाहको मिलेमतोमा नजिकैको लजमा कोठा बुक गरेर भाडाकी युवतीसँग कैदी चौधरीले यौन प्यास मेटाएका थिए । आफूले यौन प्यास मेटाएपछि उनले आफ्नो साथमा आएका हवल्दार शाहलाई पनि यौन सम्पर्क गर्न पठाएर आफू भने फरार भएका थिए ।

अक्षभ्य गल्ति गरेको आरोपमा मोरङ प्रहरीले हवल्दार शाहलाई कारगार ऐन अन्र्तगत कैदी भगाएको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि मोरङ कारागार चलान गरेको छ । मोरङका एसपी अरुण बिसीले संगठनको आचारण बिपरित काम गरेकोले हवल्दार शाहलाई निलम्बन गरि पुर्पक्षका लागि मोरङ कारागार पठाएको र कारागारको कमाण्ड गर्ने असई हरिबहादुर कार्कीलाई निलम्बन गरेको बताए ।

दश दिन पछि पक्राउ
यौन चाहनाको लोभ देखाउँदै प्रहरीलाई झुक्याएर भागेका लागूऔषध मुद्दामा पाँच वर्ष कैद सजाय तोकिएका कैदी चौधरीलाई मोरङ प्रहरीले विशेष प्रहरी परिचालन गरी काठमाडौंबाट पक्राउ गरेको छ । कैदी चौधरीले अझै दुई बर्ष कैद सजाय भुक्त्तान गर्न बाँकी नै छ