
आज साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ । गत दुई सातासम्म लगातार बढेर बिहीबार र शुक्रबार ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ५ सय रुपैयाँ घटेको छ ।
आज छापावाल सुन प्रतितोला ७१ हजार र तेजावी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत बिहीबार र शुक्रबार छापावाल सुन ७१ हजार ५ सय तथा तेजावी सुन ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको भाउसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि चाँदी ८३० रुपैयाँमा कारोबार भएको थियो।