618 views 0 secs 0 comments

ओलीको दुर्घटनामा मृत्यु भनेर समाचार लेख्ने अनलाइनलाई प्रेस काउन्सिलले माग्यो स्पष्टीकरण

In देश, समाज
२ माघ २०७४, मंगलवार १२:४०

हाल बिदेशमा उपचार गरिरहेका एमाले अध्यक्ष केपी ओलीको तस्बिर प्रयोग गरि पाठक बर्गमा भ्रम छर्ने नियतले न्युनतम मानवीय समबेदनाको ख्याल नगरी समाचार सम्प्रेसन गरेको भन्दै प्रेस काउन्सिल नेपालले मोरङ अनलाइनलाई २४ घण्टा भित्र लिखित स्पष्टीकरण मागेको छ ।

प्रेस काउन्सिलले एक निर्देशन जारि गर्दै पत्रकार आचारसंहिता २०७३ को दफ्फा ५(५), ५(७) को नियम उलंघन हुन गएको ठहर गरि सोहि दफा नम्बर ७ (क) बमोजिम क्षमायाचना सहित प्रकाशन गर्न आदेश अनुसार निर्देशन दिएको हो ।

काउन्सिल द्वारा जारि बिज्ञप्तिमा भनिए अनुसार के कति कारणले यसो हुन गएको हो त्यसको स्पष्टीकरण २४ घण्टा भित्र पेश गर्न निर्देशन दिदै, बिज्ञप्तिमा भनिएको छ ‘यदि नदिए प्रचलित एन कानुन, एबं पत्रकार आचारसंहिता बमोजिम कारबाही भइजाने बेहोरा समेत जानकारी गराइन्छ

यस्तो छ प्रेस काउन्सिल नेपालको बिज्ञप्ति:

यसै संग संबन्धित समाचार पनि पढ्नुहोस

एक अनलाइनले केपी ओलीको दुर्घटनामा मृत्यु भनेर दिग्भ्रमित समाचार लेखे पछी…..
अनलाइन मिडियाहरुमा देखिने भ्रमित समाचारहरुले सिमा नाघ्दा ज्युदा केपी ओलीलाई एक अनलाइनले दुर्घटनामा मृत्यु भएको खबर समेत छापेको छ । केपी ओलीको फोटो पोष्ट गर्दै समाचारको हेडलाइनमा अपुष्ट तथा दिग्भ्रमित बनाउने खाले समाचारमा लेखिएको छ ‘दुखद खबर: जीव दुर्घटनामा एमाले अध्यक्ष खड्ग सहित ५ जनाको मृत्यु’ भनेर ।

यस्तो दिग्भ्रमित बनाउने समाचार मोरंगअनलाइनले हिजो प्रकाशित गरेपछी सामाजिक संजालमा तिब्र आलोचना बढेको छ । अनलाइन भिउरहरु भित्र्याउन यस्तो समाचार बनाउने अनलाइनलाइ बन्द गर्न फेसबुक कर्ताहरुले कडा बिरोध गरे पछी आज उक्त समाचार अनलाइनबाट सच्याइएको छ ।

हिजो प्रकाशित समाचार
मोरंग अनलाइनले क्षमायाचना गर्दै ‘हिजो प्रकाशित ‘संखुवासभामा जिप दुर्घटना’ शिर्षकमा क्षमा मागिएको सम्बन्धमा’ शिर्षकमा समाचार प्रकाशन गरि भुलबस गल्लती भएको भन्दै अबका दिनमा कुनै पनि प्रकारका भ्रामक तस्बिर र समाचार प्रकाशित नगर्ने बताएको छ ।

यस्तो छ आज सच्याईएको समाचार

हिजो यस मोरङ अनलाइनबाट प्रकाशित दु:खद खबर: जिप दुर्घटनामा एमाले अध्यक्ष सहित पाँच जनाको मृत्यु शिर्षकमा भुलबस माननीय केपि ओलि ज्युको तस्बिर पर्न गएकोमा पाठकबर्गहरुमा पर्न गएको भ्रम प्रती क्षमा माग्दै उत्त समचार सज्याइको जानकारी गराउदछौ। साथै अबका दिन कुनै पनि प्रकारका भ्रामक तस्वीर तथा समाचार प्रकाशित गरिने छैन ।

घटनाको वास्तविकता

संखुवासभाको मकालु गाउँपालिका–२ हेदङ्नामा आइतबार भएको जीप दुर्घटनामा गाउँपालिकाका अध्यक्षसहित पाँचजनाको ज्यान गएको थियो ।

सदरमुकाम खाँदबारीबाट भोटखोलाको वरुण मेला भर्न जाने क्रममा बा५ च १३०९ नम्बरको पिकअप सडकबाट करिब ७ सय मिटर तल अरुण नदीको बगरमा झरेर दुर्घटनाग्रस्त भएको हो ।

यो दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका एमालेका स्थानीय नेता सुरेश राईसहित पाँचजनाको मृत्यु भएको ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काका अनुसार यो दुर्घटनामा परेका अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको छ । यो जीपमा १२ जना भन्दा धेरै यात्रु सवार थिए ।