488 views 0 secs 0 comments

बाढीपीडितलाई ५१ हजार राहत …

In देश
९ श्रावण २०७६, बिहीबार १५:३०

मोरङको लोहन्द्रा खोलाको बाढीले बगाएर बेपत्ता भएका स्थानीय सोमा सोरेनको परिवारलाई आज कटहरी गाउँपालिकाले राहतस्वरुप रु ५१ हजार प्रदान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले सोरेनकी श्रीमती डिल्ली सोरेनलाई घरमा पुगी सो रकम प्रदान गर्नुभयो । यसैगरी वडा नं ४ का अध्यक्ष मन्टु शेखले मृतकका परिवारलाई आफ्नो एक महिनाको तलब तथा थप पाँच हजार नगद दिने घोषणा गर्नुभयो ।

पीडित परिवारलाई केही राहत पुगोस् भनेर रकम सहयोग गरेको उहाँले बताउनुभयो । लोहन्द्रा खोलाको बाढीले गत असार २८ गते सोमा सोरेन बगाएर बेपत्ता भएका थिए । उनी अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।