
‘स्वर’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी केकीले ‘कोहलपुर एक्सप्रेस’बाट पहिलो पटक चलचित्र निर्माणमा हात हालेकी हुन् । यसअघि आउँदो सालको बैशाख १४ गते प्रदर्शनमा आउने भनिए पनि केकीले आफ्नो चलचित्रको रिलिज मिति यही सालको चैत २३ मा सारेकी छिन् ।
चलचित्रलाई म्युजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गरेका छन् । चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, रविन्द्र झा, बुद्धि तामाङ, बिनोद न्यौपाने, बिनोद पौडेल, कुशग्र भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ । केकीको आफ्नै होम प्रोडक्शन जुनकिरी आर्टसबाट निर्माण भएको चलचित्रमा शान बस्नेतको कथा, अर्जुन तिवारीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन, गम्भिर विष्टको नृत्य रहनेछ । चलचित्रमा केकीका अलावा भद्रबहादुर शाही, देवीलाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई चलचित्रको निर्माताका रुपमा रहेका छन् ।
चलचित्रमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र काली प्रसाद बाँस्कोटाको संगीत सुन्न सकिनेछ । चलचित्रमा नायिका रिमा विश्वकर्माले एउटा गीतमा नृत्य गरेकी छिन् । चलचित्रले तीन यूवतीको कथा बोल्नेछ ।