980 views 0 secs 0 comments

साउदी युवराज सलमानले खरिद गरे संसारकै महंगो घर

In विश्व
३ पुष २०७४, सोमबार १५:४३
एजेन्सी– साउदी अरेवियाका युवराज मोहम्द विन सलमानले संसारकै महंगो बंगाला खरिद गरेका छन् । युवराज सलमानले फ्रान्समा निर्माण गरिएको संसारकै सबैभन्दा महंगो बंगला खरिद गरेका छन्, जसको मूल्य ३० करोड अमेरिकी डलर अर्थात १९ सय २२ करोड रुपैयाँ पर्ने जनाइएको छ । युवराज सलमान खरिद गरेको यो बंगाला फ्रान्सको लविजियन्समा रहेको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

साउदीका ३२ युवराज सलमानले गुपचुप बंगला खरिख गरिएको भनिएता पनि न्युयोर्क टाइम्सले बंगला खरिद सम्बन्धी समाचार प्रकाशित गरेको छ । जुन समाचारलाई संसारभरका अन्य सञ्चारमाध्यामहरुले समेत प्राथमिकता साथ सम्प्रेषण गरिरहेका छन् ।

यस महल विश्वलाई नै चकित पार्ने ढंगले डिजाइन गरिएको सञ्चारमाध्यामहरुले जनाएका छन् । साउदी राजकुमार सलमान विश्वकै धनाढ्य व्यक्तिका रुपमा चर्चामा रहेका छन् । यसअघि उनलाई साउदी अरबमा भ्रष्टाचार विरोधी व्यक्तिको रुपमा लिइने गरिन्थ्यो ।