निखिलको फिल्म ‘पिजडा ब्याक अगेन’ को मसालेदार ट्रेलर बन्यो यस्तो (भिडियो)

In मनोरञ्जन
२७ मंसिर २०७४, बुधबार १५:०५

काठमाडौं, २६ मंसिर – चलचित्र ‘पिँजडा’ बाट निखिल उप्रेतीले चर्चा कमाएका थिए । त्यही चलचित्रमा सात तलाबाट हाम फालेर चर्चा कमाएका थिए । त्यही नामको अर्को चलचित्र ‘पिँजडा ब्याक अगेन’ को ट्रेलर सार्वजनिक भएको छ ।

निखिल उप्रेती र सारा सिर्पालीको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर पूर्णतः एक्सनप्रधान छ । चलचित्रलाई हिमाल केसीले निर्देशन गरेका हुन् । निखिल र साराबाहेक फिल्ममा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रलाई रोहित पुरी, गोविन्द गैरे र चन्द्रबहादुर क्षेत्रीले निर्माण गरेका हुन् । फिल्ममा सौरभ लामाको छायांकन छ भने मौनता श्रेष्ठको कथा र वनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।