744 views 0 secs 0 comments

६ वर्षका बालकको कमाई १ अर्ब रुपैयाँभन्दा बढी

In विश्व
२७ मंसिर २०७४, बुधबार ११:१७

काठमाडौँ । एउटा ६ वर्षीय बालकले कति आम्दानी गर्छ ? तपाईं भन्नुहोला यस्तो सानो उमेर बच्चा काम गर्छ र ?

तर, रायन हरेक हप्ता युट्युवमा खेलौनाको समिक्षा गर्छन् र यसको बदला उनले राम्रो आम्दानी गरिरहेका छन् ।

रायनले अघिल्लो वर्ष ११ मिलियन अमेरिकी डलर कमाई गरेका थिए । जनु नेपाली रुपैयाँमा १ अर्बभन्दा बढी हुन आउँछ ।

युट्युवमा रायनको भिडियो करोडौँले हेर्छन् । उनको रायन टोयजरिभ्यु नामको एउटा युट्युव च्यानल रहेको छ ।

स्टारको सूचीमा नाम

यस युट्युव च्यानलमार्फत रायन आफ्ना भ्युअर्सहरुलाई खेलौनाको दुनियामा लैजान् । फोर्ब्स पत्रिकाले उनलाई सन् २०१७ मा सबैभन्दा धेरै कमाई गर्ने स्टारको सूचीमा राखेको छ ।

सन् २०१५ को मार्चमा शुरु गरिएको रायन टोयजरिभ्युका भिडियोहरु १६ अर्बभन्दा धेरै पटक हेरिसकिएको छ ।