तेलेगु इन्डष्ट्रिका चर्चित यी कमेडियनले गरे आत्महत्या, के थियो कारण ?

In मनोरञ्जन
२६ मंसिर २०७४, मंगलवार १२:५७

एजेन्सी । फिल्म उद्योगमा दुखद घटनाको समाचार आएको छ । तेलेगु फिल्म इन्डष्ट्रिको चर्चीत कमेडियन विजय साईले सोमबार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । रिपोर्टस्का अनुसार कमेडियन साईको सब हैदरबादको युसुफगुडा इलाका स्थीत अनको आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

समाचारमा आएअनु्सार कमेडियन विजयको चलिरहेको दिक्कलाग्दो पर्सनल लाइफ र कमजोर आर्थिक स्थीतीबाट निकै दुःखी थिए । उनी २०१५ देखि आफ्नो पत्नी देखि अलग्गै बस्दै आएका थिए । साथै, पछिल्लो समय उनको लागि राम्रो फिल्मको अफर पनि आएको थिए ।

अहिले प्रहरीले यस मुद्धामा आत्महत्या या हत्या भनेर चेकजाँच गरिरहेका छन् । केही समाचार माध्यममा आएअनुसार उनको आत्महत्याको कारण उनको फ्लप करियरलाई लिईएको छ ।

उनले २००१ बाट तेलेगु फिल्म उद्योगमा इन्ट्री गरेका थिए । उनले विजय बोमारिरु, अम्माइलु, अब्बाइलु, लगाएतको हिट फिल्महरुमा अभिनय गरेका थिए ।